close

एनटिभी वर्ल्डमार्फत विदेशमा नेपाली सफ्टवेयरको प्रचार गरिने

टेकपाना टेकपाना

जेठ २१, २०७८ १६:०

एनटिभी वर्ल्डमार्फत विदेशमा नेपाली सफ्टवेयरको प्रचार गरिने

काठमाडौं । सरकारले सरकारी सञ्चार माध्यमको नारा परिवर्तन गरेको छ । शुक्रबारदेखि परिवर्तन हुने गरी रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजनको नारा फेरिएको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारी सञ्चार माध्यमको नारा सरकारको प्राथमिकता अनुसार परिवर्तन गरिएको जनाए । उनका अनुसार अब विकासका लागि सञ्चारको ठाउँमा समृद्धिका लागि सञ्चार नारा प्रयोगमा आउनेछ ।

साथै सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम मार्फत एनटिभी वर्ल्ड नामक अंग्रेजी च्यानल ल्याउने घोषणा समेत गरिसकेको छ । सञ्चार मन्त्रीले यसबाट नेपालको आधिकारिक धारणा अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गरे । ‘आउँदो आर्थिक वर्षबाट उक्त च्यानल सञ्चालनमा ल्याउनका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएका छौं,’ उनले भने, ‘जसबाट नेपाली सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनको काम समेत हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३