close

असार मसान्तदेखि पत्रकार परिचयपत्र अनलाइनबाटै नवीकरण हुने

टेकपाना टेकपाना

जेठ २१, २०७८ १६:१६

असार मसान्तदेखि पत्रकार परिचयपत्र अनलाइनबाटै नवीकरण हुने

काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तभित्र पत्रकार परिचयपत्र अनलाइनबाट नवीकरण हुने भएको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको जानकारी दिएका हुन् ।

सञ्चारमन्त्री गुरुङका अनुसार सूचना तथा प्रसारण विभागबाट हालसम्म देशभरका लागि २७ हजार पत्रकार परिचयपत्र जारी गरिएकोमा एकदमै थोरै संख्यामा मात्र नवीकरण भएका छन् । ‘परिचयपत्र नवीकरणका लागि हजारौं खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘त्यस किसिमको बाध्यताको अन्त्य गर्दै पत्रकारको सहजताका लागि यस्तो निर्णय लिइएको हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३