close

ओप्पो ह्याक २०२१ सुरू, विजेतालाई झण्डै ४७ लाख पुरस्कार

टेकपाना टेकपाना

जेठ २१, २०७८ १८:३१

ओप्पो ह्याक २०२१ सुरू, विजेतालाई झण्डै ४७ लाख पुरस्कार

काठमाडौं । चिनियाँ कम्पनी ओप्पोले ‘ओप्पो ह्याक ग्लाेबल इनाेभेसन कम्पिटिशन २०२१’ सुरु गरेको छ । याे कम्पिटिशनमा विशेष आकर्षणको रुपमा इन्टरयाक्टिभ वर्कसप, नेटवर्किङ इभेन्ट, बग बाउन्टी रिवार्ड, लगानीका अवसर लगायत रहेका छन् ।

टेक स्टार्टअप र इनोभेटिभ प्रोजेक्टका लागि लक्षित गर्दै कम्पनीले यो कार्यक्रम सुरू गरेको हो । प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारी सहित आवेदन बुझाउनुपर्ने हुन्छ ।

एक वा बढी थिममा ‘सिडिङ ग्रुप’ वा ‘ग्रोइङ ग्रुप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्ने छ । प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी हुने कम्पनीले बताएकाे छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिस्पर्धाकाे प्रारम्भिक स्क्रिनिङ जुलाइ १ देखि सेप्टेम्बर १ सम्म रहेकाे छ भने फाइनालिस्ट सेप्टेम्बर ७ र ८ तारिखमा हुने इभेन्टबाट घाेषणा गरिनेछ र अन्तिम कार्यक्रम सेप्टेम्बर १४ र १५ मा गरिनेछ ।

याे प्रतिस्पर्धामा कुल ४० हजार डलर अर्थात् झण्डै ४७ लाख रूपैयाँ भन्दा धेरै पुरस्कार राशी राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३