close

अक्सिमिटर एपको नाममा प्रयोगकर्ताको डेटा चोर्दै ह्याकर, डाउनलोड नगर्न आग्रह

टेकपाना टेकपाना

जेठ २२, २०७८ ११:१८

अक्सिमिटर एपको नाममा प्रयोगकर्ताको डेटा चोर्दै ह्याकर, डाउनलोड नगर्न आग्रह

काठमाडौं । गुगल प्ले स्टोरमा अक्सिजनको लेभल मापन गर्ने एपको रुपमा धेरै एप उपलब्ध छन् । यसमध्ये धेरैजसो एप फेक रहेको एक अध्ययनले देखाएको छ । क्विक हिल सेक्युरिटी नामकाे सुरक्षा अनुसन्धान कम्पनीले गरेको अध्ययनमा प्ले स्टोरमा उपलब्ध अक्सिमिटर एपमार्फत ह्याकरले प्रयोगकर्ताको जानकारी संकलन गरिरहेको पाइएको हाे ।

कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै हाल नेपाल भारत लगायतका देशमा अक्सिमिटरको उच्च माग रहेको छ । बिरामीको अक्सिजन लेभल मापन गर्नका लागि सहज हुने भन्दै बजारमा माग बढेसँगै यससम्बन्धी मोबाइल एप बनेका छन् ।

उक्त मोबाइल एपमार्फत अक्सिजनको लेभल मापन गर्न सकिने भन्दै प्रचार भएसँगै मोबाइलमा एप डाउनलोड गर्नेको संख्या पनि उल्लेख्य रुपमा रहेको छ । यसैलाई मध्यनजर गर्दै क्विक हिलको अनुसन्धान टोलिले यसको अध्ययन गरेको थियो ।

जसमध्ये धेरैजसो एप फेक रहेको पाइएकाे हाे । यसमार्फत ह्याकरले प्रयोगकर्ताको महत्वपूर्ण जानकारी संकलन गरिरहेको उल्लेख गरिएको छ । भने, कतिपय अफिसियल एपको नक्कली भसर्न बनाई त्यसमा विभिन्न ट्रोजन हाली बैंकको महत्वपूर्ण जानकारीसमेत ह्याकरले संकलन गरिरहेका छन् ।

यस्ता ट्रोजन पेड र फ्री दुवै एपमा उपलब्ध रहेको जनाइएको छ । त्यसैले यस्ता एपबाट सुरक्षित रहन अनुसन्धानकर्ताले अनुरोध समेत गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३