close

फाइभजी विरुद्ध जुही चावलाको मुद्दा खारेज, अदालतलाई २० लाख जरिवाना तिर्नुपर्ने

टेकपाना टेकपाना

जेठ २२, २०७८ १४:१

फाइभजी विरुद्ध जुही चावलाको मुद्दा खारेज, अदालतलाई २० लाख जरिवाना तिर्नुपर्ने

काठमाडौं । बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि विरुद्ध दिल्ली हाई कोर्टमा दायर गरेकाे मुद्दा खारेज भएकाे छ । ‘पब्लिसिटी’ का लागि कानूनकाे गलत प्रयाेग गरी मुद्दा दर्ता भएकाे ठहर गर्दै अदालतले शुक्रबार चावलाको मुद्दा खारेज गरेकाे हाे ।

जुही चावलाको साथमा अन्य दुई निवेदक हिरेस मलिक र टिना वात्सानीले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिन माग गरेका थिए ।

तर अदालतले कानूनी प्रक्रियाकाे गलत प्रयाेग गरेकाे र अदालतकाे अमूल्य समय खेर फालेकाे ठहर गर्दै उल्टै निवेदकलाई २० लाख भारू जरिवाना ताेकेकाे छ ।

निवेदकले दायर गरेकाे करिब ५ हजार पृष्ठ लामो रिटमा सञ्चार विभाग, विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इन्डियन मेडिकल रिसर्च काउन्सिल, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड, केही विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनलाई विपक्षी बनाइएकाे थियाे ।

‘सरकारले यो प्रविधिबाट कुनै पनि खतरा नरहेको पुष्टी नगरेसम्मका लागि यसमाथि रोक लगाउनुपर्ने हाम्रो माग छ,’ साे रिटमा उल्लेख छ ।

भारतमा फाइभजी परीक्षणकाे प्रक्रिया सुरू भइरहँदा अदालतमा फाइभजी प्रविधिमाथि तत्कालका लागि प्रतिबन्ध लगाउन माग गर्दै मुद्दा दायर भएकाे थियाे ।

सम्बन्धित समाचार : फाइभजी विरुद्ध बलिउड अभिनेत्री जुही चावलाको मुद्दा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३