close

नयाँ डिजाइनमा मिनि आईप्याड ल्याउँदै एप्पल

टेकपाना टेकपाना

जेठ २२, २०७८ २०:२३

नयाँ डिजाइनमा मिनि आईप्याड ल्याउँदै एप्पल

काठमाडौं । एप्पलका धेरै उत्पादन याे वर्ष सार्वजनिक हुने लाइनमा छन् । जसमा मुख्य उत्पादनकाे रूपमा आईफोन १३ रहेकाे छ । जुन आउँदो सेप्टेम्बरमा सार्वजनिक हुनसक्ने आँकलन गरिएको छ ।

यसैबीच कम्पनीले नयाँ प्रडक्टमा काम गरिरहेको जानकारी बाहिरिएको छ । एप्पलले भर्खरैमात्रै एउटा फोटो सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीले चाँडै नयाँ आईप्याड ल्याउने तयारी गरिरहेको देखिन्छ ।

मिनि आईप्याडको रुपमा आउने याे उत्पादनले वायरलेस चार्जर सपोर्ट गर्नेछ । भने, आईप्याडको डिजाइन पनि पूर्णरुपमा फरक रहेको छ । जुन विगत ६ वर्षपछि डिजाइनमा आएको परिमार्जनमध्ये उल्लेख्य भएको देखाइएको छ ।

यसमा सानो स्क्रिन बोर्डर रहेको छ । भने, आईप्याडमा हुने होम बटन पनि नयाँ आईप्याडबाट भने विस्थापित हुने देखिएको छ । यसका साथै उक्त आईप्याडमा आईफोन १२ बाट प्रयोगमा आएको म्यागसेफ सिस्टम समेत उपलब्ध गराउने जनाइएको छ ।

२०२१ काे अन्त्यतिर याे उत्पादन सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३