close

ओटीटी टिभी एप ल्याउँदै नेपाल टेलिकम

टेकपाना टेकपाना

जेठ २२, २०७८ १७:१०

ओटीटी टिभी एप ल्याउँदै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले ओटीटी टिभी एप ल्याउने भएको छ । कम्पनीले मोबाइल ब्रोडब्याण्डका लागि लक्षित गर्दै ओटीटी टिभी एप ल्याउने योजना अघि सारेको हो ।

यसअघि गत वैशाखदेखि फिक्स्ड ब्रोडब्याण्डतर्फ कम्पनीले आईपीटीभीको रुपमा एनटीटिभी सञ्चालनमा ल्याएकाे छ ।

टेकपाना मिडियाको आयोजनामा शनिबार भइरहेको दूरसञ्चार नीतिगत बहस श्रृंखला अन्तर्गत ‘फोरजीको प्रभावकारिता’ विषयक छलफल कार्यक्रममा बोल्दै टेलिकमका उपप्रबन्धक रञ्जित लोहियाले ओटीटी टिभी एपकाे तयारीमा कम्पनी जुटेकाे जानकारी दिए ।

उनका अनुसार मोबाइल एपमै आईपी टिभिमा भएका कन्टेन्ट दिने गरी ओटीटी टिभी एप सार्वजनिक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३