close

यसरी सजिलै हटाउनुहोस् गुगल ड्राइभ, जीमेल र फोटोजका ठूला फाइल

टेकपाना टेकपाना

जेठ २२, २०७८ १८:५६

यसरी सजिलै हटाउनुहोस् गुगल ड्राइभ, जीमेल र फोटोजका ठूला फाइल

काठमाडौं । गुगल ड्राइभ, जीमेल र फोटोज भरिएर स्पेस नपुग्नु अहिले धेरै प्रयोगकर्ताको समस्या बनेको छ । गुगलले निःशुल्क उपलब्ध गराएको स्टोरेज पुरा भएपछि कस्ता फाइल कसरी हटाउने भन्ने समस्या धेरैलाई भएको पनि हुन सक्छ ।

आज हामी तपाईंलाई गुगलका यी विभिन्न अकाउन्ट भरिँदा ठूला फाइल कसरी हटाउने भन्ने तरिका सिकाउँदै छौं । यसका लागि सर्वप्रथम तपाईंले गुगलकाे स्टोरेज म्यानेजर खोल्नुपर्ने हुन्छ । याे लिंक खाेल्दा तपाईं स्टाेरेज म्यानेजमेन्टकाे वेबसाइटमा पुग्नुहुन्छ ।

वेबसाइटमा स्क्रोल गर्दै तल जाँदा त्यहाँ तपाईंले ‘लार्ज आइटम्स’ भन्ने सेक्सन देख्नुहुन्छ ।

यसमा ईमेलमा प्राप्त भएका लार्ज अट्याचमेन्ट, लार्ज फाइल र लार्ज फाेटाे एण्ड भिडिओकाे अप्सन देख्न सक्नुहुन्छ । जहाँ क्लिक गरेर तपाईले तपाईंका विभिन्न गुगल अकाउन्टमा रहेका ठूला फाइलहरु देख्न सक्नुहुन्छ ।

अनि त्यसैको तलको रहेको ‘रिभ्यु एन्ड क्लियर’ अथवा ‘रिभ्यु एन्ड फ्रि अप’ बटन क्लिक गर्नुहोस् ।

Review and clear large items on Google storage

त्यहाँ क्लिक गरेपछि तपाईंको अकाउन्टमा रहेका ठूला साइजका फाइलहरूको सूची देख्नुहुनेछ । त्यस्ता फाइलको देब्रेतर्फ एउटा सेलेक्ट बक्स राखिएको छ ।

सूचीमा रहेका फाइलमध्ये तपाईंले डिलिट गर्नुपर्ने फाइल छनोट गर्नुपर्दा त्यहीं बक्समा क्लीक गर्नुपर्ने हुन्छ । त्यसरी सेलेक्ट गरिसकेपछि तपाईंको विन्डोको दायाँतर्फ सबैभन्दा माथि एउटा ‘ट्रयास’ जस्तो विकल्प देख्नुहुनेछ ।

Select and delete large files on Google Drive

त्यहाँ क्लिक गरेपछि तपाईंले एउटा कन्फर्मेसन सूचना देख्नुहुनेछ । त्यसमा क्लिक गरेपछि तपाईंले छनोट गरेको फाइल सदाका लागि डिलिट हुनेछ । साइजको आकारको आधारमा डिलिटका लागि केही समय लाग्न सक्छ ।

Permanently delete large items on Google Drive

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३