close

वारेन बफेटसँग मिलेर नेट्रियम न्युक्लियर प्लान्ट बनाउँदै बिल गेट्स

टेकपाना टेकपाना

जेठ २२, २०७८ २१:३३

वारेन बफेटसँग मिलेर नेट्रियम न्युक्लियर प्लान्ट बनाउँदै बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसै हप्ता ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ पाइलट प्रोजेक्ट ‘नेट्रियम’ को बारेमा परिचय दिँदै भनेका थिए, ‘ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो’ । गेट्सले एउटा नयाँ प्रकारको आफ्नो न्युक्लियर पावर प्लान्टलाई ‘नेट्रियम’ नाम दिएका छन् । उनले यसको पेटेन्ट पनि लिइसकेका छन् ।

बिल गेट्स यो परियोजनाका लागि वारेन बफेटको साथमा मिलेर काम गरिरहेका छन् । जसका लागि उनीहरुले करोडौं रुपैयाँ लगानी गरिरहेका छन् । यो प्लान्ट अमेरिकाको अमेरिकाको व्योमिङ राज्यमा बनाउन लागिएको छ, जुन देशकै सबैभन्दा ठूलो कोइला उत्पादक हो । यो परियोजना जलवायु परिवर्तन विरुद्धको लडाईंमा बारम्बार प्रयोग गरिने नवीकरणीय ऊर्जालाई बढावा दिने लक्ष्यको एउटा हिस्सा हो ।

परमाणु ऊर्जा र नवीकरणीय ऊर्जा भलै विरोधाभाष लाग्छ । तर केही क्षेत्रमा यी सानो तथा आधुनिक प्रतिक्रियालाई ग्रिनहाउस ग्याँसको उत्सर्जन घटाउन तथा हावा तथा सौर्य ऊर्जाको कमीको दौरान बिजुलीको आपूर्ति गर्नका लागि अहम् प्रविधि मानिन्छन् । यो परम्परागत इन्धनभन्दा भिन्न अलग अलग इन्धनमा चल्ने गर्दछ ।

१५ वर्षअघि बिल गेट्सले बनाएको कम्पनी टेरापावर यही प्रकारको परियोजनामा काम गरिरहेको छ । यसमा वारेन बफेटको ऊर्जा क्षेत्रको कम्पनी पेसिफिकार्प समेत सहभगी छ । टेरापावरले आफ्नो वेबसाइटमा भनेको छ, ‘नेट्रियम रिएक्टर तथा यसको एकीकृत पावर सिस्टमले परमाणु ऊर्जामा अनेक सम्भावना रहेको र यसमा प्रतिस्पर्धा गर्न सकिन्छ ।’

हाल यसको पाइलट प्रोजेक्ट बन्द भइसकेको एउटा कोइला संयन्त्र रहेको स्थानमा बनाइँदैछ । तर यो प्रोजेक्ट अन्ततः कुन स्थानमा बनाइनेछ भन्ने कुरा यही वर्षको अन्त्यसम्म तय गरिनेछ । नेट्रियमले कसरी काम गर्छ ? टेरापावरको वेबसाइटमा दिइएको जानकारी अनुसार यो ऊर्जा उत्पादन तथा भण्डारणको नयाँ प्रविधि हो ।

जसमा तीव्र सोडियम रिएक्टर तथा तरल नूनबाट भण्डारणको प्रविधिको साथमा प्रयोग गरिन्छ । यसले ३४५ मेगावाट बिजुली उत्पादनको क्षमता राख्दछ । कम्पनीका अनुसार यो भण्डारण प्रविधिले आवश्यकता अनुसार साढे पाँच घण्टाको अवधिमा ५०० मेगावाट बिजुली आपूर्ति गर्न सक्छ । यसबाट करिब चार लाख घरमा बिजुलीको आवश्यकता पुरा गर्न सकिन्छ ।

स्पेनको न्युक्लियर इन्डस्ट्री फोरमका अनुसार नेट्रियम एक नयाँ प्रविधि हो, जसको अभिप्राय विद्यमान रिएक्टर्सको प्रविधिलाई सहज बनाउनु हो । यही फोरमले टेरापावरसँग मिलेर यो प्रविधि विकास गरिएको हो । फोरमका अनुसार यो न्युक्लियर रिएक्टरमा प्राकृतिक न्युरेनियम तथा कमजोर न्युरेनियम इन्धनको रुपमा प्रयोग गरिनेछ ।

साथै सबै गैरपरमाणु उपकरणलाई अलग अलग भवनमा राखिनेछ । जसका कारण यसलाई इन्स्टल गर्न सजिलो हुनेछ र लाागत समेत कम पर्नेछ । कम्पनीका अध्यक्ष क्रिश लेभेस्क्यूले यो परियोजनाको पाइलट प्लान्ट अर्थात पहहिलो प्लान्ट बनाउन करिब सात वर्षको समय लाग्ने बताएका छन् ।

नेट्रियमको बारेमा उल्लेख गर्दै उनले पत्रकारहरुसँग भनेका छन्, ‘हामीलाई २०३० सम्म यस प्रकारको क्लिन इनर्जी आफ्नो सिस्टम जसरी पनि चाहिन्छ ।’

यो परियोजना अमेरिकी सरकारको ऊर्जा विभागको आधुनिक रिएक्टर प्रदर्शन कार्यक्रमको हिस्सा समेत हो । बिजनेस इन्साइडरको एक प्रतिवेदन अनुसार नेट्रियम प्रोजेक्ट अगाडि बढाउन टेरापावरले अमेरिकी ऊर्जा विभागबाट आठ करोड डलरको आर्थिक प्याकेज समेत प्राप्त गरेको छ ।

विभागले आउँदा केही वर्षसम्म यो परियोजनालाई थप अनुदान दिने बाचा समेत गरेको छ । यो परियोजनाको कार्यक्रममा भ्योमिङका गभर्नर मार्क कार्डनले जोड दिँदै राज्यको नेगेटिभ कार्बन फुटप्रिन्टको लक्ष्य हासिल गर्नका लागि यो सबैभन्दा तीव्र तथा सुस्पष्ट बाटो भएको बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यो सानो रिएक्टर मागको आधारमा ऊर्जा उपलब्ध गराउनेछ र यसबाट कार्बन ग्याँसको उत्सर्जनमा कमी आउनेछ । यो प्लान्ट निर्माण तथा सञ्चालनबाट सयौं रोजगारी समेत सिर्जना हुनेछ ।’ यद्यपि केही अन्य क्षेत्रमा यस प्रकारको परियोजनाका लागि चिन्ता समेत रहेका छन् ।

अमेरिकामा विज्ञानको वकालत गर्ने एक गैरनाफामूलक समूह युनियन अफ कन्सर्ड साइन्टिस्ट (यूसीएस) ले नेट्रियम जस्ता आधुनिक रिएक्टर्सले परम्परागत खतराको तुलनामा यसबाट कयौं ठूलो खतरा उत्पन्न हुनसक्ने चेतावनी दिएको छ ।

यूसीएसका निर्देशक एड्विन लाइमनले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, ‘यो प्रविधि निश्चित रुपमा विद्यमान रिएक्टर्सभन्दा भिन्न छ, तर यो उत्कृष्ट छ भन्नका लागि पूर्ण रुपमा स्पष्ट छैन ।’

यूसीएसले प्रकाशन गरेको प्रतिवेदन अनुसार ‘आधुनिक प्रविधि सधैं उत्कृष्ट हुँदैन’ का लेखक लाइमनको विश्वास छ कि सुरक्षा, हिंसाको आशंका र परमाणु प्रसार जस्ता कयौं मामिलामा यो झन् खराब छ ।’

लाइमनको यो प्रतिवेदनमा समूहले चेतावनी दिएको छ कि परम्परागत इन्धनको तुलनामा कतिपय आधुनिक रिएक्टर्सका लागि इन्धनलाई थप स्तरोन्नती हुन आवश्यक हुनेछ । यसको अर्थ यो इन्धनको आपूर्ति हतियार बनाउन लागिपरेका आतंकवादीहरुका लागि सजिलो निशाना हुनसक्छ ।

समूहको आग्रह छ, ‘यदि परमाणु ऊर्जा जलवायु परिवर्तनलाई रोक्नका लागि अहम् भूमिका निभाउने छ । त्यस्तोमा नयाँ बनाउन लागिएको रिएक्टर्सका लागि सुरक्षित तथा सस्तो सिद्ध हुन निकै जरुरी छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३