close

युट्युवको कन्टेन्ट आफ्नै क्लाउडमा सार्दै गुगल

टेकपाना टेकपाना

जेठ २३, २०७८ ११:५३

युट्युवको कन्टेन्ट आफ्नै क्लाउडमा सार्दै गुगल

काठमाडौं । गुगलले युट्युवको कन्टेन्ट आफ्नै क्लाउडमा सार्ने भएको छ । हालसम्म युट्युवको कन्टेन्ट विज्ञापन कम्पनी इन्टरनेट डेटा सेन्टर इन्फास्ट्रक्चरको डेटा सेन्टरमा रहँदै आएको थियो । तर, अब भने कम्पनीले आफ्नै क्लाउण्ड सर्भिसमा सार्ने तयारी गरेको हो ।

गुगलका अनुसार पहिलो चरणमा केही कन्टेन्ट रुपान्तरण गरिने छ । भने, विस्तारै पूर्ण रुपमा गुगलको क्लाउडमा आधारित डेटा सेन्टरमा रुपान्तरण गरिने छ । यसले अब गुगल क्लाउड–कम्प्युटिङको मार्केटलाई विस्तार गर्ने अपेक्षा लिइएकाे छ ।

यसरी गुगलले आफ्नो कन्टेन्टलाई क्लाउडमा स्थानान्तरण गरेसँगै अमेजन, माइक्रोसफ्टजस्ता प्रतिस्पर्धीलाई चुनाैती पुग्ने विश्लेषण गरिएकाे छ ।किनभने युट्युव इन्टरनेटको दुनियाँमा विश्वको दोस्रो ठूलो वेबसाइट हो, जसको मासिक २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् ।

त्योभन्दा पनि आफ्नै क्लाउड सर्भरमा युट्युवको कन्टेन्ट राखिएसँगै युट्युवको गुणस्तरमा पनि केही परिवर्तन आउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३