close

सनग्लास प्रयोग गर्नुहुन्छ ? आईफोनमा सहजताको लागि अपनाउनुहोस् यो विधि

टेकपाना टेकपाना

जेठ २३, २०७८ १५:१

सनग्लास प्रयोग गर्नुहुन्छ ? आईफोनमा सहजताको लागि अपनाउनुहोस् यो विधि

काठमाडौं । विस्तारै गर्मी बढिरहेको छ । गर्मी बढेसँगै हामीमध्ये कतिपय सनग्लास लगाएर हिँड्न रुचाउँछौं । यस्तोमा सनग्लास लगाएर हिँड्दा आईफोन प्रयोगकर्तालाई आफ्नो लक खोल्न फेस आईडीले काम नगरेको महसुस गर्नुभएको हुनुपर्छ ।

त्यसैले यहाँ हामी सनग्लास लगाउँदा पनि आईफोनको फेस आईडीले काम गर्ने कसरी बनाउने सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौं । तपाईंलाई यति कुरा थाहा हुनपर्छ कि आईफोनको फेस अनलकले प्रयोगकर्ताको आँखा र फेसलाई रिड गरेर काम गर्छ ।

त्यो हुँदा जब तपाईंले सनग्लास लगाउनु हुन्छ, त्यो समयमा आँखा नदेदिने हुँदा फेस अनलकले काम नगर्न सक्छ । एप्पलले ‘एटेन्सन अवेयरनेश’ सेक्युरिटी फिचर समावेश गरेको छ, जसले गर्दा कहिले काहिँ भाैतिक रुपमा अस्वस्थ व्यक्तिको हकमा पनी फेस अनलकले काम नगर्ने हुन सक्छ ।

त्यस्तो अवस्थामा एप्पलले यसलाई डिसेबल गर्ने अप्सन पनि दिएको छ । जुन यहाँ हामी तपाईंलाई सिकाउँदै छौं ।

  • मोबाइको सेटिङ खोल्नुहोस् ।
  • एक्सेसिबिलिटीमा क्लिक गर्नुहोस् ।
  • फेस आईडी एण्ड एटेन्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ तपाईंले ‘रिक्वायर एटेन्सन फर फेस आईडी’ अप्सन देख्नुहुनेछ । त्यसलाई बन्द गर्नुहोस् ।
Require Attention for Face ID
  • बन्द गर्दा त्यहाँ दुई वओटा पप–अप नोटिफिकेशन आउँछ । दुबैमा आउने ‘ओके’ बटन थिच्नुहोस् ।
Are you really sure?

यति गरेसँगै तपाईंले सनग्लास लगाएको समयमा पनि आफ्नो आईफोन फेस आईडीको सहयताले खोल्न सक्नुहुनेछ । तर, याद राख्नुहोस्, सुरक्षाको हिसाबले भने ‘एटेन्सन अवयरनेश’ सेक्युरिटी फिचर नै बढी प्रभावकारी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३