close

अब गुगलले तपाईंको स्वीकृति बिनै जीमेल अकाउन्ट बन्द गर्न सक्ने

टेकपाना टेकपाना

जेठ २३, २०७८ १५:४७

अब गुगलले तपाईंको स्वीकृति बिनै जीमेल अकाउन्ट बन्द गर्न सक्ने

काठमाडौं । अब गुगलले प्रयोगकर्ताको स्वीकृती बिनै जीमेल अकाउन्ट बन्द गर्न सक्ने भएको छ । गुगलले जुन १ देखि नयाँ नीति लागू गरेको छ । जसअनुसार अब गुगललाई प्रयोगकर्ताको जीमेल अकाउण्ट डिलिट गर्न तथा अकाउन्टमा भएको कन्टेन्ट डिलिट गर्न कुनै स्वीकृतीको आवश्यक पर्ने छैन ।

यो नीति जीमेल, ड्राइभ, गुगल डक्स, सिट्स, फोटोज प्रयोग गर्ने जोसुकैलाई लागू हुने जनाइएको छ । तर, यस्तो अवस्था प्रयोगकर्ताले दुई वर्षसम्म गुगल अकाउन्ट प्रयोगमा नल्याएको खण्डमा मात्रै लागू हुनेछ । अथवा तपाईंले गुगलले उपलब्ध गराएको स्टोरेज पूर्णरुपमा प्रयोग गरेर प्रयोगमा नल्याएको खण्डमा यो नीति लागू हुनेछ ।

यसअघि तपाईंको जीमेल अकाउन्ट लामो समयदेखि प्रयोग भएको छैन भने गुगलले ईमेलमार्फत जानकारी गराई समय अवधि उपलब्ध गराउने गरेको थियो । अब भने गुगलले सोझै डिलिट गर्ने भएको हो ।

गुगलले उपलब्ध गराएको स्टोरेज क्षमताको हकमा दुई वर्षसम्म पनि उक्त स्टोरेज भरिएर बढी भएको खण्डमा भने कम्पनीले त्यसमा भएका फाइल डिलिट गर्ने जनाइएको छ । यस्तो हकमा भने गुगलले प्रयोगकर्तालाई ईमेलमार्फत जानकारी गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३