close

परिचित व्यक्तिले टिन्डरमा तपाईंलाई नदेखोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ २५, २०७८ ९:४०

परिचित व्यक्तिले टिन्डरमा तपाईंलाई नदेखोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । टिन्डर लगातका विभिन्न डेटिङ एप पछिल्लो समय नेपाली प्रयोगकर्तामाझ पनि लोकप्रिय हुन थालेको छ । विस्तारै यस्ता एपप्रति प्रयोगकर्ता जोडिँदै जाँदा यसलाई कसरी सुरक्षित चलाउने भन्ने विषयमा पनि जानकारी राख्न जरुरी हुन्छ ।

यसैक्रममा टिन्डरले भर्खरैमात्र नयाँ फिचर उपलब्ध गराएको छ । जसले तपाईंलाई टिन्डरमा परिचित व्यक्तिबाट टाढा राख्न सहयाेग गर्छ । लामो समयको पर्खाइपछि प्रयोगकर्ताले यो फिचर पाएका छन् । त्यसैले पनि यो फिचरले कसरी काम गर्छ, यसलाई कसरी एक्टिभ गराउने भन्ने विषयमा यहाँ हामी तपाईंहरुलाई जानकारी गराउँदै छौं ।

टिन्डरको ब्लकिङ फिचर के हो ?

टिन्डरले ल्याएको यो यस्तो फिचर हो । जसले तपाईंले आफ्नो आफन्त तथा परिचित व्यक्तिलाई टिन्डरमा तपाईं टाढा राख्न मद्धत गर्छ । यो फिचरबाट तपाईंले कसैलाई ब्लक गर्दा ब्लक गरिएको व्यक्तिलाई कुनै जानकारी नहुने हुँदा सहज हुनेछ ।

यस फिचरमार्फत तपाईंले तपाईंको कन्ट्याक्ट लिस्टमा भएको जो कोहीलाई पनि ब्लक गर्न सक्नुहुनेछ । यसको अर्थ कन्ट्याक्ट लिस्टमा भएको व्यक्ति टिन्डरमा नभएतापनि उसले कुनै दिन टिन्डर खोलको अवस्थामा समेत तपाईंलाई फेला पार्न सक्दैन ।

यसरी कन्ट्याक्ट ब्लक गर्दा तपाईंको यसअघि भइसकेको म्याच, म्यासेजलाई भने कुनै असर पर्नेछैन । यदि तपाईंले ब्लक गर्नु भएको मोबाइल नम्बर र टिन्डरमा राखिएको मोबाइल नम्बर नमिलेको खण्डमा भने ब्लक हुनेछैन ।

टिन्डरको ब्लक कन्ट्याक्टले कसरी काम गर्छ ?

जब प्रयोगकर्ताले एकपटक ब्लक कन्ट्याक्ट फिचर प्रयोग गर्ने निर्णय गर्छ, तब टिन्डरले तपाईंको कन्ट्याक्ट लिस्टमा एक्सेस राख्नेछ । भने, जुन नम्बरलाई तपाईंले ब्लक गुर्नभएको छ, उक्त व्यक्तिको नम्बर, नाम र ईमेल एन्ड्रेस भने टिन्डरले राख्नेछ ।

यदि कोही टिन्डरले आफ्नो कन्ट्याक्ट लिस्टमा एक्सेस प्राप्त गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि पनि टिन्डरले विकल्प दिएको छ । यसको अर्थ प्रयोगकर्ताले एक/एक गरेर व्यक्तिको नम्बर हाली ब्लक गर्ने सुविधा पनि उपलब्ध गराएको छ ।

कसरी ब्लक गर्ने ?

  • सुरुमा टिन्डर खोल्नुहोस् ।
  • सेटिङभित्र गई तल रहेको ‘ब्लक कन्ट्याक्ट’ मा क्लिक गर्नुहोस् ।
  • टिन्डरलाई तपाईंको कन्ट्याक्टमा एक्सेस दिनुहोस् ।
  • अब ‘कन्ट्याक्ट’ ट्याबभित्र गएर तपाईंले ब्लक गर्न चाहेको व्यक्ति छनोट गर्नुहोस् ।
  • अन्त्यमा ‘ब्लक कन्ट्याक्ट’ अप्सनमा क्लिक गरी ब्लक गर्नुहोस् ।

यदि तपाईं टिन्डरलाई कन्ट्याक्ट लिस्टमा एक्सेस दिन चाहनुहुन्न भने एक/एक गरेर व्यक्तिको नम्बर हाली ब्लक गर्नका लागि टिन्डरको सेटिङमा जानुहोस् । अब ‘ब्लक कन्ट्याक्ट’ मा क्लिक गरी त्यहाँ देखिएको ‘प्लस’ आइकनमा क्लिक गरी नम्बर राख्दै ब्लक गर्न सक्नुहुनेछ ।

यसरी तपाईं टिन्डरमा परिचित व्यक्तिबाट टाढा रहन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१