close

गुगलले तपाईंको स्मार्टफोनमा रेकर्ड गरेका अडियो यसरी सुन्नुहोस्

टेकपाना टेकपाना

जेठ २४, २०७८ ९:३४

गुगलले तपाईंको स्मार्टफोनमा रेकर्ड गरेका अडियो यसरी सुन्नुहोस्

काठमाडौं । यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले पक्कै पनि गुगल असिस्टेन्ट प्रयोग गुर्नभएको हुनुपर्छ । गुगल एसिस्टेन्टमा तपाईंका धेरै कुरा लुकेर बसको हुनसक्छ ।

गुगल असिस्टेन्टले जवाफको दिनका लागि सुरुमा तपाईंले सोधेको प्रश्न रेकर्ड गर्छ भन्ने कुरा तपाईंलाई पक्कै थाहा छ । किनभने जब तपाईंले गुगल असिस्टेन्ट प्रयोग गर्नुभएको थियो, त्यो समयमै गुगलले यसबारेमा तपाईंलाई जानकारी दिएको हुन्छ ।

यदि अब गुगल असिस्टेन्टसँग तपाईंले हालसम्म के कुरा गर्नुभयो ? के बोल्नु भएको छ ? तपाईंको भ्वाइस सुन्न चाहनुहुन्छ भने हामी त्यसैको बारेमा जानकारी दिँदै छौं । त्यसका लागि निम्न प्रक्रिया अपनाउनु होस्ः

  • सुरुमा गुगल एप खोली त्यसको दाँया साइडको माथि रहेको तपाईंको प्रोफाइलमा क्लिक गर्नुहोस् र ‘म्यानेज योर गुगल अकाउण्ट’ मा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ गुगल अकाउण्ट पेजको तल रहेको ‘डेटा एण्ड पर्सनालाईजेशन’ मा क्लिक गर्नुहोस् । जहाँ तपाईंले ‘एक्टिभिटी कन्ट्रोल’ भित्र वेब एण्ड एप एक्टिभिटी, लोकेशन हिस्ट्री, युट्युव हिस्ट्री लगायतका अप्सन देख्नुहुन्छ ।
  • अब ‘म्यानेज योर एक्टिभिटी कन्ट्रोल’ मा जानुहोस् ।
  • त्यसको केही तल रहेको ‘म्यानेज एक्टिभिटी’ मा क्लिक गर्नुहोस् ।
  • त्यसपश्चात ‘फिल्टर बाई डेट’ मा क्लिक गर्नुहोस् ।
  • अब ‘योर भ्वाइस रेकर्डिङ’ क्लिक गरी एप्लाइ गर्नुहोस्
  • अब तपाईंले त्यहाँ तपाईंको रेकर्डिङ देख्नुहुनेछ । जसलाई क्लिक गरी सुन्नसमेत सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३