close

टेस्लाका सीईओ एलन मस्कलाई ह्याकरको धम्की

टेकपाना टेकपाना

जेठ २३, २०७८ १७:३३

टेस्लाका सीईओ एलन मस्कलाई ह्याकरको धम्की

काठमाडौं । टेस्लाका सीईओ एलन मस्क एक अज्ञात ह्याकर समूहकाे निशानामा परेका छन् । उक्त समूह कुन हाे भन्ने भन्ने विषयमा कुनै जानकारी नखुले पनि साे समूहले हालसम्म विश्वको डिजिटल दुनियाँमा धेरै ठूला स्क्याम गरेकाे दाबी गरिएकाे छ ।

याे समूहकाे निशानामा पेपालजस्ता कम्पनी परिसकेका छन् भने अब उक्त सूचीमा टेस्लाका सीईओ मस्क परेको टीएमजेडले उल्लेख गरेकाे छ । यस विषयमा उनीहरुले एउटा भिडिओ नै सार्वजनिक गरेका छन् । जसमा उनीहरुले क्रिप्टोकरेन्सीमा मस्कको पावर र उनको एरोगेन्ट स्वभाव धेरै नै बढी भएको उल्लेख गरेका छन् ।

मस्कले वातवरणीय क्षतिको विषयलाई लिएर क्रिप्टोकरेन्सीको विषयमा बोलिरहेको भएता पनि उनले त्यसलाई व्यवहारमा नउतारेकाे आरोप साे समूहले लगाएकाे छ । उनीहरुले यसकाे परिणाममा मस्कले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले मस्क सामान्य मान्छेका लागि साथी नभएको उल्लेख गरेका छन् ।

उनीहरुको यो भिडिओ सार्वजनिक भएसँगै मस्क उनीहरुको निशानामा रहेको बुझिएको हो । तर, उनीहरुले कसरी मस्कलाई हानी पुर्‍याउने छन् भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३