close

अनलाइनबाट एनआईसीको खाता खोल्दा स्मार्ट वाचदेखि आईफोन जित्ने मौका

टेकपाना टेकपाना

जेठ २३, २०७८ १९:२०

अनलाइनबाट एनआईसीको खाता खोल्दा स्मार्ट वाचदेखि आईफोन जित्ने मौका

काठमाडौं । एनआईसी एसिया बैंकले कोरोना भाइरसकोे महामारीको समयमा अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाइन अकाउन्ट ओपनिङ च्यालेञ्ज प्रतियोगिता सुरु गरेको छ । यहि जेष्ठ २३ देखि सुरु हुने यो प्रतियोगिता असार १९ सम्म सञ्चालन हुनेछ ।

जसअनुसार सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच उपलब्ध गराइनेछ । त्यस्तै बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडिओ बनाएर युटुवमा अपलोड गर्ने दुई जनाले ५० हजार नगद जित्न सक्नेछन् । ‘अकाउन्ट ओपनिङ च्यालेञ्ज’का लागि सहभागीले जतिसक्दो कम समयमा बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक एक स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना ग्राहकलाई आइफोन–१२ प्रदान गरिनेछ ।

त्यस्तै ‘भिडिओ च्यालेञ्ज’ का लागि युटुबमा भिडिओहरू अपलोड गर्ने युट्युवरले बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया तथा यसका योजनाहरूबारे भिडिओ वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । भिडिओ बनाउँदा ‘सहज रुपमा अनलाइन खाता खोल्ने प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’ बारेमा सहभागीले खुलेर प्रस्तुति दिनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३