close

विद्यालयका शिक्षक र कर्मचारीलाई ‘मेरो डक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा

टेकपाना टेकपाना

जेठ २४, २०७८ ७:४२

विद्यालयका शिक्षक र कर्मचारीलाई ‘मेरो डक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं । निजी विद्यालयका शिक्षक र कर्मचारीले ‘मेरो डाक्टर’ मार्फत् निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । याे सेवाकाे सुरूवातसँगै अब घरमै बसी २ सयभन्दा बढी विशेषज्ञ डक्टरहरूसँग भिडिओ परामर्श लिन सकिन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले मिदास टेक्नोलोजीज प्रालिसँगको सहकार्यमा आफ्ना सम्पूर्ण विद्यालयका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमा नै बसेर मेरो डक्टर- अनलाइन भिडिओ परामर्श सेवामार्फत कुनैपनि स्वास्थ्य परामर्श गर्नसक्ने व्यवस्था एक महिनाको लागि निःशुल्क मिलाएका हुन् ।

कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई अधिकांश बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन सकेका छैनन् । समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न याे सेवा प्रारम्भ गरिएकाे बताइएकाे छ ।

मिदास टेक्नोलोजीज प्रालिले सञ्चालनमा ल्याएको मेरो डक्टर (टेलिमेडिसिन सेवा) मा विशेषज्ञ डाक्टरहरु नियमित रुपमा भिडिओमार्फत परामर्श दिन उपलब्ध छन् । बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत् कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्नेछन् ।

यो सेवा कसरी लिने ?
बिरामीहरुले आफूसँग रहेका मोबाइल अथवा ल्यापटप मार्फत आफूले अनलाइन भिडिओ परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन् ।

यदि एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाइँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाई ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहनुहुन्छ भने मेराे डाक्टर डटकममा भिजिट गर्नुहा्ेस् । यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफूलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नुहुनेछ ।

मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक merodoctor.com/help ले तपाईंलाई थप मद्दत गर्नेछ । सेवाग्राहीकाे सजिलाेका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३