close

इन्टरनेट ब्राउजिङलाई प्रभावकारी बनाउन एप्पल, गुगल र माइक्रोसफ्ट सँगै काम गर्दै

टेकपाना टेकपाना

जेठ २४, २०७८ १५:३६

इन्टरनेट ब्राउजिङलाई प्रभावकारी बनाउन एप्पल, गुगल र माइक्रोसफ्ट सँगै काम गर्दै

काठमाडौं । सफ्टवेयरमा हेर्ने हो भने एप्पल, गुगल र माइक्रोसफ्ट एक अर्काको दुश्मन हुन्भन्दा फरक नपर्ला । तर, प्रयोगकर्ताको अनुभवलाई लिएर यी ठूला टेक कम्पनी एकआपसमा मिलेर काम गरिरहेका छन् ।

गुगल, एप्पल, माइक्रोसफ्ट लगायतका अन्य कम्पनीहरु इन्टरनेट ब्राउजिङलाई अझ प्रभावकारी बनाउन काम गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

समाचारमा जनाइएअनुसार गुगल क्रोम, एप्पल सफारी, माइक्रोसफ्ट एज, मोजिल्ला फायरफक्स उनीहरुको ब्राउजरमा एक्सटेन्सनलाई सुधारका लागि सँगै काम गरिरहेका छन् ।

वर्ल्ड वाइड वेब कन्सोर्टियमका क्रममा उनीहरुले यो विषयमा जानकारी गराएका हुन् । जसअन्तर्गत एउटा एक्सटेन्सन तयार गरिने छ । जुन सबै ब्राउजरमा प्रयोग गर्न सकिनेछ । यसले प्रयोगकर्ताको इन्टरनेट ब्राउजिङ अनुभवलाई अझ प्रभवकारी बनाउने विश्वास गरिएकाे छ ।

उनीहरुले त्यसका लागि वेब एक्सटेन्सन कम्युनिटी ग्रुप निर्माण गरेका छन् । यसमार्फत इन्जिनियरलाई युनिफाइड र सुरक्षित एक्सटेन्सन निर्माणको लागि प्लेटफर्म प्रदान गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३