close

भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

जेठ २४, २०७८ ११:१८

भ्वाइस म्यासेज पठाउनुअघि चेक गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले हालै भ्वाइस म्यासेज स्पिड बढाएर सुन्न सकिने फिचर ल्याएको छ । लामो भ्वाइस म्यासेज आएको अवस्थामा त्यसलाई स्पिड बढाएर छोटो समयमै सुन्न सकिने याे फिचरबाट प्रयाेगकर्ता लाभान्वित हुने कम्पनीकाे विश्वास छ ।

समय समयमा नयाँ–नयाँ फिचर उपलब्ध गराउँदै आएको ह्वाट्सएपले अब पुनः प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने तयारी गरेको छ । ह्वाट्सएपले भ्वाइस म्यासेजमै थप काम गरिरहेको पाइएको छ ।

हामीले म्यासेज पठाउँदा टाइपमा आएको समस्याका कारण धेरै पटक गलत म्यासेज पठाएको हुनुपर्छ । त्यस्तै समस्या भ्वाइस म्यासेजमा हुने गरेको हुन्छ । भन्नुपर्ने कुरा एउटा, तर अर्को बोलेर साथीभाइलाई भ्वाइस म्यासेज पठाएको घटना धेरै होलान् ।

यस्तै समस्यालाई समाधान गर्ने उद्देश्यका साथ साथ ह्वाट्सएपले अब भ्वाइस म्यासेज पठाउनुअघि त्यसलाई एक पटक सुनेर पठाउने वा नपठाउने भनी निर्धारण गर्न दिने भएको छ ।

यो फिचर कम्पनीले पहिलो चरणमा एन्ड्रोइडमा उपलब्ध गराउने भएको छ । हाल एन्ड्रोइडको नयाँ भर्सन २.२१.१२.७. को बेटा भर्सन सार्वजनिक भएको छ । उक्त बेटा भर्सनमा यो फिचर उपलब्ध छ । यसको अर्थ यो फिचर चाँडै एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३