close

आजबाट सुरु हुँदै एप्पल इभेन्ट, आउन सक्छन् यस्ता प्रडक्ट

टेकपाना टेकपाना

जेठ २४, २०७८ १०:३०

आजबाट सुरु हुँदै एप्पल इभेन्ट, आउन सक्छन् यस्ता प्रडक्ट

काठमाडौं । एप्पलको ठूलो इभेन्ट वर्ल्ड वाइड डेभलपर् कन्फ्रेन्स २०२१ (डब्लूडब्लूडीसी-२०२१) आजदेखि सुरु हुँदै छ । जुन ११ सम्म चल्ने यो इभेन्ट बढ्दो कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना हुनेछ ।

यो इभेन्टमार्फत आईफोनदेखि एप्पल वाचसम्मको नयाँ अपरेटिङ सिस्टम सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसबाहेक कयौं नयाँ उत्पादन समेत सार्वजनिक हुनसक्छन् । एप्पल डब्लूडब्लूडीसी २०२१ इभेन्टमा आईफोन तथा आईप्याडका लागि आईओएस आई५/आईप्याडओएस आई५ अपरेटिङ सिस्टम सार्वजनिक हुने अपेक्षा छ ।

लिक रिपोर्टलाई आधार मान्ने हो भने प्रयोगकर्ताले दुई वटा नयाँ अपरेटिङ सिस्टममा अपग्रेड म्यासेजिङ नोटिफिकेसन फिचर प्राप्त गर्न सक्छन् । यसको विशेषताको कुरा गर्ने हो भने म्यासेज रातको समयमा आएको अवस्थामा नोटिफिकेसनको आवाज आफैं बन्द हुनेछ ।

यसबाहेक कयौं अन्य प्राइभेसी फिचरमा अपग्रेड हुनसक्छ । त्यस्तै एनालिस्ट ड्यानियल इभासका अनुसार डब्लूडब्लूडीसी २०२१ कार्यक्रममार्फत नयाँ म्याकबुक प्रो सार्वजनिक हुनेछ । यो नयाँ डिभाइसमा एमआई चिप हुनसक्ने अनुमान छ ।

साथै यसमा १४ वा १५ इन्चको डिस्प्ले रहनेछ । यस बाहेक प्रयोगकर्ताले म्याकबुक प्रोमा शक्तिशाली स्पिकर र ब्याट्री सपोर्ट समेत पाउन सक्छन् । यति मात्र होइन यो इभेन्टमार्फत एयरपड ३ सार्वजनिक हुने अपेक्षा पनि गरिएको छ ।

लिक्सअनुसार एयरपड थ्री इन्टरचेञ्जेबल टिप्स तथा चार्जिङ केसको साथमा आउनेछ । यसमा पछिल्ला फिचर समावेश भए पनि न्वाइज क्यान्सिलेसन फिचर भने नहुने बताइएको छ ।

साथै डब्लूडब्लूडीसी २०२१ इभेन्टमा एप्पलले आफ्नो स्मार्टवाचका लागि वाचओएस ८ अपरेटिङ सिस्टम सार्वजनिक गर्ने अनुमान छ । नयाँ ओएसमा प्रयोगकर्ताले नयाँ इन्टरफेसका साथै थप फिचरको सपोर्ट समेत पाउनेछन् ।

यसबाहेक हेल्थ मोबाइल एप सार्वजनिक हुने अपेक्षा पनि छ । यद्यपि यो एपमा हुने फिचरको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भइसकेको छैन । साथै कम्पनीको तर्फबाट अहिलेसम्म डब्लूडब्लूडीसी २०२१ मा सार्वजनिक हुने अपरेटिङ सिस्टम तथा प्रडक्टको विषयमा कुनै आधिकारिक जानकारी समेत दिइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३