close

म्यासेन्जर र ह्वाट्सएपमा डिलिट भएका म्यासेज यसरी पढ्नुहोस्

टेकपाना टेकपाना

जेठ २५, २०७८ ८:१०

म्यासेन्जर र ह्वाट्सएपमा डिलिट भएका म्यासेज यसरी पढ्नुहोस्

काठमाडौं । हामीले ह्वाट्सएप र म्यासेन्जरमा पठाइसकेकाे म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा हामी हत्तपत्त म्यासेज डिलिट गर्छाैं । जसकारण त्यस्ताे म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन ।

म्यासेज आएको नोटिफिकेशन प्राप्त गरेपनि उसले म्यासेज डिलिट भएकाे सन्देश देख्छ । यस्तो अवस्थामा मनमा म्यासेजलाई लिएर धेरै खुल्दुली हुन्छ ।

डिलिट भएको म्यासेज पढ्न मिल्ने सुविधा फेसबुक म्यासेन्जर र ह्वाट्सएपले आधिकारिक रुपमा उपलब्ध गराएका छैनन् । तर, डिलिट भएको म्यासेज पढ्न सकिने जुक्ति भने छ । जुन एन्ड्रोइड प्रयोगकर्ताले मात्रै प्रयोग गर्न सक्नेछन् । यसको अर्थ यसले आईफोनमा काम गर्दैन ।

डिलिट भएको म्यासेज कसरी पढ्ने ?

यसका लागि एन्ड्रोइड प्रयागकर्ताले ‘नोटीसेभ’ नामक एप प्रयोग गर्नुपर्ने हुन्छ । यो जुक्ति धेरै हिसाबले ठीक भएता पनि यसका पनि केही कमजोरी छन् ।

यसको अर्थ तपाईंले उक्त एपमा विज्ञापनको सामना गर्नुपर्ने हुन्छ । यदि तपाईंले पेड भसर्न प्रयोग गुर्नुभएको खण्डमा भने विज्ञापनबाट छुटकारा पाउनु हुनेछ ।

अर्को भनेको यसमा साधारण म्यासेजमात्रै रिट्राइभ गर्न सकिन्छ । यदि तपाईलाई कसैले फोटो, जीआईएफ, भिडियो पठाएर डिलिट गरेको छ भने त्यस्ता म्यासेज भने रिट्राइभ गर्न सकिँदैन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१