close

फेसबुकले यसरी ट्र्याक गर्छ तपाईंको अन्य एप तथा वेबको गतिविधि, रोक्ने कसरी ?

टेकपाना टेकपाना

जेठ २४, २०७८ १२:९

फेसबुकले यसरी ट्र्याक गर्छ तपाईंको अन्य एप तथा वेबको गतिविधि, रोक्ने कसरी ?

काठमाडौं । यदि तपाईंले गत सार्वजनिक फेसबुकको प्राइभेसी फिचर प्रयोग गर्नु भएको छन भने अब त्यसको समय सुरु भइसकेको छ । ‘अफ फेसबुक’ एक्टिभिटी नाम दिइएको यो फिचरले तपाईंलाई एप तथा वेबसाइटहरुले फेसबुकसँग शेयर गर्ने डेटा तथा थर्डपार्टी एपहरुले पहुँच बनाउनसक्ने सूचना हेर्ने र नियन्त्रण गर्ने सुविधा दिन्छ ।

प्राइभेसी फिचरको सहयोगमा तपाईंले एप तथा वेबसाइटहरुले शेयर गरेको तपाईंको डेटाको हिस्ट्री समेत मेटाउन सक्नुहुन्छ । साथै तपाईंले ‘अफ फेसबुक एक्टिभिटी’ फिचरलाई बन्द गर्न पनि सक्नुहुन्छ ।

जसले फेसबुकलाई तपाईंको अकाउन्टबाट शेयर गरिएका सूचनाको सम्पर्क टुटाउन लगाउँछ । साथै तपाईंले कुन कम्पनीसँग आफ्नो डेटा शेयर गर्न नदिने भन्ने विषय छनौट गर्न पनि पाउनुहुन्छ र यसले तपाईंलाई लक्षित गरिएका त्यस्ता विज्ञापन देखाउन बन्द गर्छ ।

कसरी प्रयोग ग र्ने ‘अफ फेसबुक एक्टिभिटी’ फिचर ?

फेसबुकको बिजनेस टुल प्रयोग गरेर तपाईंले एप तथा वेबसाइटले फेसबुकसँग केकस्ता सूचना पठाइरहेका छन् भन्ने कुरा हेर्न सक्नुहुन्छ । त्यहाँबाट तपाईंले आफ्नो अकाउन्टबाट त्यस्तो सूचना हटाउन सक्नुहुन्छ र ‘अफ फेसबुक एक्टिभिटी’लाई बन्द गर्न सक्नुहुन्छ ।

यसरी तपाईंले सबै एप तथा वेबसाइटलाई नियन्त्रण गर्न सक्नुहुन्छ ता कि उनीहरुले तपाईंको सर्च गतिविधि फेसबुकसँग शेयर गर्ने छैनन् । यसका लागि आफ्नो फेसबुकको सेटिङ एन्ड प्राइभेसीबाट सेटिङ भएर योर फेसबुक इन्फरमेसन हुँदै ‘अफ फेसबुक एक्टिभिटी’मा पुग्नुहोस् ।

त्यहाँबाट तपाईंले ‘अफ फेसबुक एक्टिभिटी’लाई व्यवस्थापन गर्न सक्नुहुन्छ । साथै आफ्नो त्यस किसिमको हिस्ट्री क्लियर गर्न र भविष्यमा आफ्नो अकाउन्टबाट त्यस किसिमका कुनैपनि गतिविधि हुन नदिनेगरी बन्द गर्न सक्नुहुन्छ ।

यसका लागि म्यानेज योर अफ फेसबुक एक्टिभिटीमा थिच्नुहोस् । अब माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा दबाउनुहोस् र म्यानेज फ्युचर एक्टिभिटीमा जानुहोस् । अन्तिममा रहेको म्यानेज फ्युचर एक्टिभिटी बटनमा ट्याप गर्नुहोस् र फ्युचर अफ फेसबुक एक्टिभिटी पछाडिको टोगल (बटन) लाई अफ गरिदिनुहोस् ।

फेसबुकले व्यवस्थापन गर्ने अफ एक्टिभिटी बन्द राख्दा के फरक पर्छ ?

फेसबुकको टुलले व्यवस्थापन गरिरहेको एक्टिभिटी तपाईंले क्लियर गरिदिनु भयो भने एप तथा वेबसाइटहरुले तपाईंको पहिचानका लागि शेयर गर्ने सूचना फेसबुकले हटाइदिनेछ । यसको अर्थ तपाईंले कुन वेबसाइट भिजिट गर्नु भयो वा तपाईंले के हेर्नुभयो भन्ने कुरा फेसबुकले थाहा पाउने छैन । यस्तो अवस्थामा तपाईं त्यस्ता साइटहरुको टार्गेटेड एडबाट बच्न सक्नुहुन्छ ।

फेसबुकमा आफ्नो प्राइभेसी सुधार गर्न सकिने अन्य उपाय

यदि तपाईं फेसबुकमा कुन विज्ञापन हेर्ने भन्ने कुरा नियन्त्रण गर्न चाहनुहुन्छ भने फेसबुकको सेटिङमा जानुहोस् र एड प्रिफेरेन्सेसलाई छनौट गर्नुहोस् । एडभटाइजर्स एन्ड बिजनेसको मुनी कुन विज्ञापनदाताले फेसबुकमा रहेको तपाईंको सूचनाको आधारमा विज्ञापन गरिरहेको छ भन्ने देख्न सक्नुहुन्छ ।

यसमा कम्पनी छनौट गरेर डन्ट अलाउ गर्नुहोस् । यति गरेपछि फेसबुकको लिस्टमा रहेको तपाईंको सूचनाको आधारमा उक्त विज्ञापनदाताको विज्ञापन देखिने छैन । यसका साथै तपाईं एड सेटिङमा गएर पार्टनरको डेटामा आधारित विज्ञापन बन्द गर्न सक्नुहुन्छ । त्यससँगै फेसबुक कम्पनीका उत्पादनहरुमा हुने तपाईंको गतिविधिका आधारमा आउने विज्ञापन पनि रोक्न सक्नुहुन्छ ।

यद्यपी तपाईंले यो सबै गर्दा पनि कुनै डेटा डिलिट हुने छैन र तपाईंले अझै पनि पहिलेकै संख्यामा विज्ञापन देख्नुपर्नेछ । ‘अफ फेसबुक एक्टिभिटी’ फिचरले फेसबुकसँग शेयर गरिएका तपाईंका अन्य गतिविधिसँग मात्रै जोड्ने छैन ।

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ र आईओएस १४.५ मा अपग्रेड हुनु भएको छ भने त्यसमा एप ट्र्याकिङ ट्रान्सपरेन्सी नामक एउटा फिचर छ । जसले फेसबुक सहितका एपलाई टार्गेटेड एटको लागि तपाईंको डेटा प्रयोग गर्न तपाईंको अनुमति आवश्यक पर्ने बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३