close

चीनमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित सोसल मिडिया अकाउन्ट बन्द

टेकपाना टेकपाना

जेठ २४, २०७८ १८:३१

चीनमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित सोसल मिडिया अकाउन्ट बन्द

काठमाडौं । चीनले क्रिप्टोकरेन्सीसँग सम्बन्धित विभिन्न सामाजिक सञ्जाल अकाउन्ट बन्द गरको छ । केही हप्तादेखि चीनले निरन्तररुपमा यस्ता अकाउन्ट बन्द गरिरहेको छ । यसअन्तर्गत हालै चीनकाे लाेकप्रिय सामाजिक सञ्जाल वेइबाेमा क्रिप्टाेकरेन्सीसँग सम्बन्धित प्रयाेगकर्ताकाे अकाउन्ट बन्द गरिएकाे छ ।

गत महिना चीनको स्टेट काउन्सिलले बिटक्वाइन उत्खनन र कारोबार राेक्ने प्रतिबद्धता जनाएको थियो । यसरी काउन्सिलले लिएको उक्त निर्णयपछि क्रिप्टाेकरेन्सीसँग सम्बन्धित तीन संस्थाहरुले अभियान नै चलाएकाे थियाे । भने, क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेइबाे अकाउण्टमा प्रयोगकर्ताको पहुँचलाई समेत रोक लगाइएको थियो ।

जसमा क्रिप्टोकरेन्सीको पहुँच कानुनविरुद्ध हो भनी म्यासेज दिने गरिएको थियो । त्यतिमात्रै नभएर ‘वुमन डाक्टर बिटक्वाइन मिनी’ को रुपमा परिचित एक महिलाको अकाउन्टसमेत बन्द गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१