close

ईकमर्स व्यवसायीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

टेकपाना टेकपाना

जेठ २४, २०७८ १७:४५

ईकमर्स व्यवसायीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । निषेधाज्ञा अवधिमा ईकमर्स व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अनलाइन फुड डेलिभरी कम्पनी भोजडिल्सका निकेत अग्रवालसहितले दायर गरेको रिटमा सर्वाेच्चले निवेदककाे पक्षामा आदेश जारी गरेको हो ।

सोमबार न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले विपक्षीलाई कारण देखाऊ आदेश दिएको छ । निवेदकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर जेठ ३ गते रिट दायर गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१