close

२५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

टेकपाना टेकपाना

जेठ २४, २०७८ १८:५५

२५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएप र इमोमार्फत लट्री परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज महानगरपालिका-१८ बस्ने निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हाे ।

सामाजिक सञ्जालमा २५ लाखको लट्री परेको भन्दै उनले लट्री प्राप्त गर्न लागि ट्याक्स दिनुपर्छ भनी झुक्याई प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई-सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्ने सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त/निवेदन लगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१