close

एप्पल डब्लूडब्लूडीसी २०२१ मा जे देखियो

टेकपाना टेकपाना

जेठ २५, २०७८ १४:२०

एप्पल डब्लूडब्लूडीसी २०२१ मा जे देखियो

काठमाडौं । एप्पलको ठूलो इभेन्ट ‘वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स २०२१’ (डब्लूडब्लूडीसी २०२१) सोमाबारदेखि सुरु भएको छ । याे कार्यक्रम आउँदो शुक्रबार अर्थात जुन ११ सम्म चल्ने छ । कार्यक्रम शुक्रबारसम्म चल्ने भएता पनि उद्घाटन कार्यक्रम सबैको चासोको विषय हुने गरेको छ ।

किनभने हरेक वर्ष आयोजना हुने उक्त कार्यक्रममार्फत एप्पल आफ्नो विभिन्न नयाँ सफ्टवेयर भित्र्याउने गरेको छ । कोरोना महामारीका कारण भर्चुअल रुपमा आयोजना भएको यो वर्षको कार्यक्रम पनि अपेक्षाअनुसार नै भएको छ ।

पक्कै पनि आईओएस, आईप्याडओएस, वाचओएस, म्याकओएस लगायतका सफ्टवेयरमा ठूलो परिमार्जन भएको छ । त्योसँगै उक्त कार्यक्रममार्फत एप्पलले के–के भित्र्यायो ? सफ्टवेयरमा कस्तो खालको परिमार्जन भएको छ ? त्यी सम्पूर्ण विषयको जनाकारी यहाँ हामी तपाईंलाई दिँदै छौं ।

आईओएस १५

WWDC iOS overview screen

कार्यक्रमको सुरुवात आईओएसमा आउने नयाँ अपडेटबाट भएको थियो । जसमा सुरुमै भनिएको थियो यो अपडेट चार कुरामा केन्द्रित हुनेछ । त्यो हो ‘स्टे कनेक्टेड’, ‘फाइन्डिङ फोकस’, ‘युजिङ इन्टिलिजेन्स’ र ‘एक्सप्लोर दि वर्ल्ड’ । जुन आउँदो जुलाईमा बेटा भर्सनकोे रुपमा प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

फेसटाइम अपडेट :

फेसटाइम आईओएसमा उपलब्ध भिडियो कलिङ टुल हो । जसमा एप्पलले उल्लेख्य परिमार्जन गरेको छ । जसमा स्पाटियल अडियो एउटा हो । जसले तपाईंको साथीहरुले बोलेको साउण्ड स्क्रिन अगाडिबाटै आइरहेको महसुस तपाईंलाई गराउने छ । त्यस्तै हल्लाखल्ला भएको ठाउँमा पनि सहज रुपमा कुराकानी गर्नका लागि ‘भ्वाइस आइसोलेसन’ फिचर उपलब्ध गराइएको छ । जसले बाहिरको न्वाइजलाई कम गरी प्रयोगकर्ताको साउण्डलाई मात्रै पठाउने जनाइएको छ ।

यसका साथै फेस टाइममा थपिएको अर्को महत्वपूर्ण फिचर ‘पाेट्रेट मोड’ हो । यसअघि क्यामेरामा उपलब्ध उक्त मोड अब फेसटाइममा पनि उपलब्ध भएको छ । जसको सहायताले प्रयोगकर्ताले आफ्नो पछाडिको भागलाई ब्लर गरी कुरा गर्न सक्नेछन् । साथै ‘फेस टाइम लिंक’ पनि उपलब्ध भएको छ । योसँगै अब प्रयोगकर्ताले फेसटाइमको लिंक क्रिएट गरी आफ्ना अन्य साथीलाई लिंक शेयर गरी भिडियो कलमा जोड्न सक्नेछन् ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा भनेको ‘शेयर प्ले’ हो । यसको अर्थ अब तपाईंले फेस टाइममा साथीहरुसँग सँगै भिडियो हेर्न, गित सुन्न सक्नुहुनेछ । पहिलो चरणमा एप्पलले यो फिचरमा डिज्नी प्लस, हुलु, एचबीओ र टिकटकसँग मात्रै सहकार्य गरेको छ । यसको अर्थ यी प्लेटफर्मको मात्रै भिडियो शेयर गरी हेर्न मिल्नेछ । यतिसम्म कि उक्त एपको कन्ट्रोल पनि साथीहरुले गर्न सक्नेछन् ।

फोकस मोड :

आईओएसमा थपिएको अर्को नयाँ फिचर फोकस मोड हो । योसँगै अब तपाईंले फोनलाई आफूले चाहेअनुसारको मोडमा लैजान सक्नुहुनेछ । यसको अर्थ ‘वर्क’ । कामको समयमा तपाईंले वर्क मोडमा राख्नुभएको खण्डमा कामका लागि आवश्यक पर्नेमात्रै एप देखाउने छ । भने बाँकी एपहरु हराउने छन् ।

लाइभ टेक्स्ट :

WWDC 2021 - Photos - Live Text

अब आईओएसमा उपलब्ध क्यामेराले फोटाेमा भएको अक्षरलाई पहिचान गर्नेछ । त्यो हातले लेखिएको अथवा प्रिन्टेड जेसुकै होस् । त्यसरी अक्षर पहिचान गरी त्यसलाई कपी पेस्ट गर्न सकिन्छ । अक्षरमात्रै नभएर लाइभ टेक्स्टले जनावरको प्रजाति, स्थलसमेत पहिचान गर्ने जनाइएको छ ।

एप्पल वालेट :

आईओएसमा उपलब्ध एप्पल वालेटमा पनि उल्लेख्य परिमार्जन भएको छ । एप्पलले तपाईंको घर, होटल, अफिस सबैको चावी वालेटमै राख्न सकिने बनाएको छ । सुन्दा अच्चम्म लाग्ला, तर इलेक्ट्रिक डोरमा प्रयोग हुने ‘की’ को रुपमा वालेटलाई प्रयोग गर्न सक्नुहुनेछ । यसका साथै वालेटमै तपाईंको लाइसेन्सको इन्क्रिप्डेट कपी राख्न सकिने समेत बनाएको छ ।

एप्प्ल म्याप :

एप्पल म्यापमा पनि उपडेट उपलब्ध हुनेछ । जसमा म्याप अझ प्रभवकारी बनाइएको जनाइएको छ । जसमा म्यापमा हरेक कुरा अझ डिटेलमा देखिने छ । यसका साथै थ्रिडी इलिभेशन, थ्रिडी रेन्डर ल्याडमार्क, क्रसवाल्क, बाइक लेन्स लगाएतका फिचर थपिएका छन् । यीमध्ये कतिपय फिचर यसअघि नै गुगल म्यापमा उपलब्ध भएकाले एप्पल म्यापले गुगल म्यापलाई फलो गरेको देखिन्छ ।

एयरपड अपडेट

एप्पलले कार्यक्रममार्फत आफ्नो एयरपडमा समेत केही नयाँ अपडेट उपलब्ध हुने जनाएको छ । जसमा पहिलो भनेको ‘कन्भरसेसन मोड’ हो । जसमार्फत तपाईंले एम्बियन्ट भ्वाइसलाई नियन्त्रण गर्न सुविधा दिनेछ ।

त्यो हुँदा फोनमा कुरा गर्दा अर्कोतिर न्वाइज जाने खालको समस्या नहुने जनाइएको छ । यसका साथै एरपडमा ‘फाइन्ड माइ सपाेर्ट’ भन्ने अप्सन थप भएको छ । यसले एयरपड हराएको अवस्थामा खोज्न मद्धत गर्नेछ ।

आईप्याड ओएस

आईप्याड ओएसमा अब होम स्क्रिन विजेट हुनेछ । जुन यसअघि आईओएसमा उपलब्ध भएको थियो । जसमा तपाईंले साना तथा ठूला जस्तोसुकै पनि विजेट राख्न सक्नुहुनेछ । त्यस्तै यसअघि आईओएसमा उपलब्ध एप लाइबेर फिचर प्याडमा पनि उपल्ब्ध हुने भएको छ । साथै मल्टीटास्किङ मेन्यु थप भएको छ । भने, नोट्स एपमा अब व्यक्तिलाई मेन्सन गरी शेयर गर्न सकिने छ ।

यसका साथै विभिन्न भाषामा टक्ट ट्रान्सलेट गर्न सकिने फिचर पनि उपल्ब्ध गराउने भएको छ । यतिसम्म कि दुई जनाबीचमा कुरा हुँदाहुँदै पनि उक्त फिचरले ट्रान्सलेट गर्नेछ ।

यसको पनि बेटा भसर्न जुलाईमा उपलब्ध हुनेछ भने फुल भर्सन त्यसपश्चात विस्तारै उपलब्ध हुनेछ ।

सेक्युरिटी अपडेट

मेल एपले अब प्रयोगकर्ताको आईपी एड्रेस, लोकेसन सबैकुरा लुकाउने छ । सेटिङमा ‘एप प्राइभेसी रिपोर्ट’ उपलब्ध गराइएको छ, जसमार्फत तपाईंले लोकेसन, फोटाे, कन्ट्याक्टमा एक्सेस दिनुभएको एपमार्फत कसरी सुरक्षित हुन सक्नुहनेछ भन्ने जानकारी दिनेछ ।

यसका साथै अब सिरी स्पिचले मोबाइबाटै काम गर्नेछ । यसको अर्थ अब तपाईंले बोलेको कुरा एप्पलले रेकर्ड गर्ने छैन । भने, सिरीले अब अफलाइनमा पनि काम गर्नेछ । अर्को एप्पलले आईक्लाउड रिकभरी अप्सनमा कन्ट्याक्ट नम्बरसमेत राख्नमिल्ने सुविधा उपलब्ध गराउने छ ।

यदि आई क्लाउडमा तपाईं लकआउट हुनुभएको अवस्थामा कुन साथीले तपाईंलाई सहयोग गर्न सक्छ त्यो पनि राख्न सक्नुहुनेछ । जसको सहायताले आईक्लाउडमा पुनः एक्सेस प्राप्त गर्न सकिन्छ ।

हेल्थ अपडेट

अब तपाईंको आइफोनले तपाईंको हिँडाइको चाल, स्टेपको टाइमिङ लगायतको विषयलाई समेत एनालाइज गर्नेछ । जसले तपाईंको हिँडाइको स्थिरताबारे जानकारी दिनेछ । भने, अब तपाईंले आफ्ना आफन्तसँग सुरक्षित रुपमा तपाईंको स्वास्थ्य अवस्थाबारे जानकारी शेयर गर्न पनि सक्नुहुनेछ ।

वाच ओएस

अब वाचओएसले तपाईंको श्वासप्रश्वासको रेट पनि पहिचन गर्नेछ । यसको अर्थ तपाईंले एक मिनेटको अन्तरालमा कति पटक सास लिनुहुन्छ भन्ने जानकारी दिनेछ । अथवा दिनभर कतिपटक सास लिनुभयो, यी सम्पूर्ण जानकारी दिनेछ । यसका साथै पाेट्रेड वाचफेस पनि थपिएको छ । जसमार्फत तपाईंले वाचकाे लेआउट आफूले चाहेअनुसार बनाउन सक्नुहनेछ ।

यो इभेन्टमार्फत आईफोनदेखि एप्पल वाचसम्मको नयाँ अपरेटिङ सिस्टम सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसबाहेक कयौं नयाँ उत्पादन समेत सार्वजनिक हुनसक्छन् ।

म्याक ओएस

म्याकओएसमा आएको सबैभन्दा महत्वपूर्ण अपडेट भनेको ‘म्याकओएस मोन्टेरे’ हो । म्याक ओएसमा पनि अब फेसटाइममार्फत साथीभाइसँग भिडियो शेयर गरेर हेर्न सकिने छ । साथै ‘युनिभर्सल कन्ट्रोल’ उपलब्ध हनेछ । जसमार्फत अब एउटै माउस र किबोर्डले धेरै म्याकलाई नियन्त्रण गर्न सकिने छ ।

यसका साथै म्याकमा अब एयरप्ले उपलब्ध हुनेछ । जसमार्फत तपाईंले एयरप्लेमा भएका कन्टेन्ट म्याकको स्क्रिनमा देखाउन सक्नुुहनेछ । अर्को फिचर ‘शर्टकट’ हो । आईओएसमा रहेको अटोमेटेड सिस्टम अब म्याकमा पनि उपल्ब्ध हुने भएको छ । जसको मद्धतले फाइल ‘ड्रयाग एण्ड ड्रप’ गर्न सकिने छ ।

त्यस्तै म्याकमा हुने ट्याबलाई अब केही सानो बनाइने छ । भने, ट्याब ग्रुप नामक नयाँ फिचर उपलब्ध हुनेछ । जसमार्फत ट्याबहरु व्यवस्थित गरेर राख्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१