close

स्न्यापड्रागन ८८८ र १०८ मेगापिक्सेलको क्यामेरा सहित साओमीको ‘मि ११ एक्स प्रो’ नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ २५, २०७८ १२:४४

स्न्यापड्रागन ८८८ र १०८ मेगापिक्सेलको क्यामेरा सहित साओमीको ‘मि ११ एक्स प्रो’ नेपाली बजारमा

काठाडौं । नेपाली बजारमा साओमीको ‘मि ११ एक्स प्रो’ सार्वजनिक भएको छ । साओमी नेपालले मंगलबार क्वालकम स्न्यापड्रागन ८८८ भएको यो फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो ।

एन्ड्रोइड ११ मा रन हुने यो फोनले फाइभजी सपोर्ट गर्छ । साथै यसमा १२० हर्जको रिफ्रेस रेटसहित ६.६७ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले छ ।

फोनको पछाडि १०८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने ८ मेगापिक्सेलको अल्ट्रावाइड र ५ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । सेल्फीका लागि २० मेगापिक्सेलको क्यामेरा सेटअप छ ।

यसमा ३३ वाटको फास्ट चार्जिङसहित ४५२० एमएएचको ब्याट्री दिइएको छ । याे फाेन ७.८ एमएम पातलाे छ । ब्ल्याक, ह्वाइट र सिल्भर कलरमा याे फाेन किन्न सकिन्छ ।

नेपाली बजारमा यसको मूल्य ८ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको ६४,९९९ रूपैयाँ रहेको छ भने ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको ६७,९९९ रूपैयाँ रहेको छ ।

जून ३० तारिखअघि किन्ने ग्राहकका लागि एक वर्षकाे ब्रेकेज इन्स्याेरेन्सकाे सुविधा दिइने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१