close

अनलाइनबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

टेकपाना टेकपाना

जेठ २५, २०७८ १६:४१

अनलाइनबाट बैंकिङ कारोबार गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

काठमाडौं । कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै सरकारले देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेकाे छ । यस्तो अवस्थामा घरमै बस्नुभन्दा अर्को सुरक्षित विकल्प छैन । निषेधाज्ञाकै कारण अधिकांश मानिसहरू अनलाइनबाटै बैंकिङ काराेबार र भुक्तानी कार्य गरिरहेका छन् ।

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले पनि प्रयोगकर्तालाई डिजिटल प्लेटफर्ममार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् । तर अनलाइनबाट कारोबार गरिरहँदा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ ।

यसैबीच दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगकर्तालाई अनलाइन बैंकिङ (मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ) प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा सजग गराएकाे छ । त्यसैका आधारमा आज हामी तपाईंका लागि केही यस्ता महत्वपूर्ण टिप्स बताउँदै छौं, ताकि तपाईंलाई अनलाइनमा कसैले ठग्न नसकोस् ।

  • अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिनुपर्छ ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । माेबाइल बैंकिङ का लागि आधिकारिक माेबाइल एप पहिचान गरेर मात्र इन्स्टल गर्ने र प्रयोग गरौं ।
  • अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर/माेबाइल/ल्यापटपमा अनिवार्य रुपमा पासवर्ड/प्याटर्न/पिन/बायाेमेट्रिक आदिको प्रयोग गरी लक गर्ने गरौं ।
  • अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गरी र कहिले पनि ईमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक क्लिक गरी प्रयोग नगरौं ।
  • अनलाइन बैंकिङको लागि Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP Fingerprint इत्यादि) को प्रयोग गरौं ।
  • Banking Transaction को मोबाइल (SMS / Email) Notification सेवा अनिवार्य प्रयोग गरौं ।
  • आफ्नो Bank Statement नियमित चेक गरौं ।
  • आफ्नो Bank Account, Password, PIN Code, CVC, OTP कहिले पनि कसैलाई नदिउ । बैंकका कर्मचारीहरुले कहिले पनि तपाइँको Password, PIN Code, CVC, OTP जस्ता विवरण नमाग्ने हुँदा Fake Call/Scam हरुबाट बचौं ।
  • Online Banking को लागि बलियो पासवर्डको प्रयोग गरौ र नियमित परिवर्तन गरौ ।
  • आफ्नो अनलाइन बैंकिङको Login Credential कहिले पनि Browser आदिमा Save नगरौं ।
  • अनलाइन बैंकिङ सेवा प्रयोग गरि सकेपछि Logout/Sign out गर्न नभुलौं
  • सार्वजनिक स्थलका Computer (जस्तै Cyber Café etc.) वा सार्वजनिक Wi-Fi को प्रयोग गरी Online Banking सेवा प्रयोग नगराैं ।
  • अनलाइन बैंकिङको लागि प्रयोग गरिने Computer / Mobile Device तथा Mobile App हरुलाई नियमित अपडेट गरौं ।
  • आफ्नो बैंक खातामा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्त बैंकमा सम्पर्क गरौं ।
  • Computer, Mobile, Laptop आदिमा खरिद गरिएका अर्थात खरिद गरिएका Anti-Virus को प्रयोग गरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१