close

यसरी सजिलै शेयर गर्नुहोस् गुगल ड्राइभको फोल्डर, फाइल र डकुमेन्ट्स

टेकपाना टेकपाना

जेठ २६, २०७८ १४:१०

यसरी सजिलै शेयर गर्नुहोस् गुगल ड्राइभको फोल्डर, फाइल र डकुमेन्ट्स

काठमाडौं । गुगल ड्राइभ प्रयोग गर्दा तपाईंले एउटा लिङ्कबाटै डक्स, शिट्स र स्लाइड डकुमेन्ट सय जनासम्मलाई शेयर गर्न सक्नुहुन्छ । आज हामी तपाईंलाई गुगल ड्राइभबाट फोल्डर, फाइल वा डकुमेन्ट्स कसरी शेयर गर्ने भन्ने बारेमा बताउँदै छौं ।

गुगल ड्राइभबाट ईमेल एड्रेसकै भरमा तपाईंले सोझै फाइलहरु शेयर गर्न सक्नुहुन्छ । यति मात्र होइन तपाईंले सामान्य किसिमले इन्भाइट लिङ्क कपी गरेर वेबसाइटमा शेयर गर्न पनि सक्नुहुन्छ ।

कुनै एउटा मात्र डकुमेन्ट शेयर गर्नुहोस् वा थुप्रै फाइल रहेको फोल्डर शेयर गर्नुहोस्, प्रक्रिया एउटै हुन्छ । गुगल ड्राइभमा रहेका हरेक फाइलहरु डिफल्ट रुपमा प्राइभेट हुने गर्दछन् । जब तपाईं गुगल डकुमेन्ट (डक्स, शिट्स वा स्लाइड) हेरिरहनु भएको हुन्छ, त्यतिखेर दायाँ कुनामा ठूलो शेयर बटन देख्न सक्नुहुन्छ ।

Click "Share" button in the top-right corner of the document.

गुगल ड्राइभको फाइल ब्राउजरबाट तपाईंले कुनै पनि फाइल वा फोल्डरमा दायाँ क्लिक गर्दा देखिने शेयर बटनबाट पनि शेयर गर्न सक्नुहुन्छ ।

Click "Share" button in right-click menu in Google Drive.

गुगलको शेयरिङ मेनुमा जानु भयो भने तपाईंले त्यहाँ दुई वटा खण्ड देख्नुहुन्छ । यदि तपाईं कुनै व्यक्तिलाई उसको ईमेल प्रयोग गरेर एड गर्न चाहनुहुन्छ भने माथिल्लो खण्डमा रहेको ‘शेयर विथ पिपुल एन्ड ग्रुप’ सेक्सन प्रयोग गर्नुहोस् ।

Choose "Add People and Groups" text box to invite people using email address.

‘एड पिपुल एन्ड ग्रुप’ बक्समा गएर तपाईंले आफ्नो एड्रेस बुकबाट कुनै व्यक्तिलाई सर्च गरेर अथवा उनीहरुको ईमेल एड्रेस प्रयोग गरेर पनि एड गर्न सक्नुहुन्छ । यहाँबाट तपाईंले १०० जना व्यक्ति वा ईमेल एड गर्न सक्नुहुन्छ ।

यसरी एड गरिएका व्यक्तिहरुको पछाडि रहेको ड्रप डाउन बटनबाट उनीहरुको भूमिका समेत तय गर्न सक्नुहुन्छ । जसमध्ये यदि तपाईंले एडिटर रोज्नुभयो भने त्यस्तो व्यक्तिले डकुमेन्ट हेर्न, कमेन्ट गर्न र त्यसमा भएका सामग्री एडिट गर्न सक्छ ।

यो अप्सन तपाईंले कोल्याबोरेटरका लागि प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै कमेन्टर रोल दिनु भयो भने यसबाट उक्त व्यक्तिले त्यसमा भएको कन्टेन्ट हेर्न र कमेन्ट गर्न सक्छ । यसैगरी भ्युअर रोलमा त्यस्तो व्यक्तिले शेयर गरिएको फाइल वा फोल्डर हेर्न मात्रै पाउँछ ।

यस्तो व्यक्तिले एडिट गर्न वा कमेन्ट गर्न पनि पाउँदैन । त्यसको मूनी तपाईंले नोटिफाई पिपुल भन्ने अप्सन देख्नुहुनेछ । यसमा टिक लगाउनु भयो भने तपाईंले एड गरेको ईमेल आईडीमा तपाईंले शेयर गरेको डकुमेन्टको बारेमा ईमेल जानेछ ।

Define the role for the user, and click "Send."

त्यसको मुनी तपाईंले चाहेको खण्डमा शेयर गर्ने फाइल वा फोल्डरको बारेमा नोट समेत लेख्न सक्नुहुन्छ । त्यसपछि तल रहेको सेन्ड बटनमा क्लिक गरेर माथि एड गरिएका ईमेलमा इन्भिटेसन पठाउन सक्नुहुन्छ ।

यदि तपाईं लिङ्क कपी गरेर वेबमार्फत शेयर गर्न चाहनुहुन्छ भने शेयर मेनुमा रहेको ‘गेट लिङ्क’ सेक्सनमा जानुहोस् र ‘चेञ्ज टु एनिवान विथ द लिङ्क’ मा क्लिक गर्नुहोस् । अब त्यसको पछाडि रहेको ड्रप डाउन मेनुमा गएर तपाईंले लिङ्क शेयर गरिएको व्यक्तिले कुन तहसम्मको एक्सेस पाउने भन्ने कुरा निर्धारण गर्न सक्नुहुन्छ ।

Click the "Change To Anyone With The Link" button to enable link sharing.

डिफल्ट रुपमा यस्तो लिङ्क शेयर गर्दा प्राप्त गर्ने व्यक्तिले केवल यस्तो फाइल हेर्न मात्र पाउँछ । तर तपाईंले माथि जस्तै कमेन्टेटर वा एडिटरको रुपमा समेत एक्सेस दिन सक्नुहुन्छ ।

Define the role for users with link sharing.

अब कपी लिङ्क लेखिएको स्थानमा क्लिक गर्नुहोस् र फाइल वा डकुमेन्टमा फर्किन अन्तिममा रहेको डन बटनमा क्लिक गर्नुहोस् ।

Click "Copy Link" to copy the sharing link to clipboard. Then click "Done" to go back.

अब तपाईंले कपी गरिएको लिङ्क इन्टरनेटमार्फत जो कसैलाई शेयर गर्न सक्नुहुन्छ । तर यहाँनिर तपाईं सचेत पनि हुन जरुरी छ । यसरी पठाइएको लिङ्कमार्फत जोसुकैले त्यस डकुमेन्टमा भएको कन्टेन्ट हेर्न अथवा तपाईंले छनौट गरेको सेटिङको आधारमा एडिट गर्न समेत सक्छ ।

गुगल ड्राइमबाट शेयर गरिएको फोल्डर, फाइल र डकुमेन्टको शेयरिङ कसरी बन्द गर्ने ?

गुगलको डकुमेन्ट वा फाइल शेयरिङ फिचर एकदमै सजिलो र उपयोगी छ । तपाईंले यसबाट शेयर गरिएको डकुमेन्ट वा फोल्डरको शेयरिङ बन्द गर्न वा त्यस्ता व्यक्तिको पहुँच हटाउन पनि सक्नुहुन्छ ।

यसका लागि सुरुमा सम्बन्धित फोल्डर वा डकुमेन्टमा राइट क्लिक गर्नुहोस् र शेयर अप्सनमा जानुहोस् । अब तपाईंले माथिल्लो खण्डमा यो डकुमेन्ट वा फोल्डर शेयर गरिका सबै प्रयोगकर्ता र उनीहरुको रोल अर्थात भूमिका देख्न सक्नुहुन्छ ।

Click the "Share" button in the document toolbar, and then right-click the file in Google Drive and select "Share."

सम्बन्धित प्रयोगकर्ताको पछाडिपट्टी रहेको ड्रप डाउन मेनुबाट रिमुभ बटनमा क्लिक गरेर तपाईंले त्यस्तो प्रयोगकर्तालाई हटाउन सक्नुहुन्छ । यसरी हटाउँदा त्यस्तो प्रयोगकर्ताले शेयर गरिएको डकुमेन्टमा पहुँच बनाउन सक्ने छैन ।

In the Share menu, select the role for the user you want to remove, and click the "Remove" button.

यदि तपाईंले लिङ्क शेयरिङ फिचर प्रयोग गरिरहनु भएको छ र त्यसलाई बन्द गर्न चाहनुहुन्छ भने आफ्नो गुगल ड्राइभमा रहेको फाइल वा फोल्डरमा राइट क्लिक गर्नुहोस् र तल रहेको गेट लिङ्क सेक्सनमा जानुहोस् । अब त्यहाँ ‘एनिवान विथ अ लिङ्क’ सँगै रहेको ड्रप डाउन (तलतर्फ फर्केको) बटनमा क्लिक गर्नुहोस् र रेस्ट्रिक्टेड अप्सन रोज्नुहोस् ।

Click "Anyone With The Link" option, and switch to "Restricted" to disable link sharing.

अब तपाईंले माथि ईमेल एड गरेका व्यक्तिहरुले मात्र यो फाइल वा फोल्डरमा एक्सेस पाउन सक्नेछन् । अन्य कसैले पनि यसमा रहेको डेटामा पहुँच बनाउन सक्ने छैनन् । सबै परिवर्तन गरिसकेपछि अन्तिममा रहेको डन बटनमा क्लिक गर्न नबिर्सिनुहोस् ।

After link sharing is disabled, click the "Done" button to close the Share menu.

जब तपाईंले यहाँबाट सबै प्रयोगकर्तालाई रिमुभ गर्नुहुन्छ र लिङ्‍क शेयरिङलाई डिसेबल गर्नुहुन्छ, त्यस्तो फाइल वा फोल्डर सुरुवाती अवस्थामा जस्तै प्राइभेट अर्थात निजी बन्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१