close

मर्मत गर्न दिएको आईफोनबाट नग्न फोटो र भिडिओ लिक, एप्पलमाथि करोडौं जरिवाना

टेकपाना टेकपाना

जेठ २६, २०७८ १४:२८

मर्मत गर्न दिएको आईफोनबाट नग्न फोटो र भिडिओ लिक, एप्पलमाथि करोडौं जरिवाना

काठमाडौं । आईफोन मर्मत गर्ने व्यक्तिले एक महिलाको नग्न फोटो तथा भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिँदा एप्पलले करोडाैं रुपैयाँ जरिवाना बुझाउनुपरेको छ ।

एप्पलको सर्भिस सेन्टरका कर्मचारीले कलेज पढ्ने ती महिलाकाे गाेप्य फोटो र भिडिओ दुरूपयाेग गरेर उनकै फेसुबक अकाउन्टबाट अपलोड गरिदिएका थिए । पछि उनका साथीले खबर गरेपछि महिलाले पाेस्ट हटाएकी थिइन् ।

अमेरिकाकाे क्यालिफाेर्नियामा भएकाे याे घटना ५ वर्षअघि भएकाे थियाे ।

सुरुमा यो मुद्दामा एप्पल जोडिएको भने थिएन । तर, अन्तिममा आएर यसमा एप्पलसमेत मुछिएको हो । एप्पलले सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्दै यो घटना निकै नै संवेदनशील भएको बताएको छ ।

‘हामी हाम्रा प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको विषयमा सधै ध्यान दिँदै आइरहेका छौं । मोबाइल मर्मतको क्रममा पनि ग्राहकको डेटा सुरक्षाको लागि धेरै प्रोटोकलहरु तय गरिएका छन्,’ एप्पलले भनेको छ ।

एउटा भेण्डरमार्फत सन् २०१६ मा यस्तो घटना भएको फेला परेपछि भेण्डरको प्रोटोकललाई अझ बढी प्रभावकारी बनाउने काम गरेको एप्पलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो घटना टेलिग्राफले गएको आइतबार बाहिर ल्याएको थियो ।

उक्त घटनाको अध्ययन गरी एप्प्लले तत्कालै दुई जना प्राविधिकलाई निष्कासन गरेको थियो । यो घटनामा एप्पले तिरेकाे रकम नखुलाइए पनि लाखाैं डलर जरिवाना रहेकाे स्राेतले खुलाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१