close

नागरिक एप सम्बन्धी समस्या अब भाइबरबाट टिपाउन सकिने

टेकपाना टेकपाना

जेठ २६, २०७८ १३:२७

नागरिक एप सम्बन्धी समस्या अब भाइबरबाट टिपाउन सकिने

काठमाडौं । नागरिक एपका प्रयोगकर्ताले भाइबरबाटै आफ्ना समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन् । यसका लागि हालै भाइबरमा हेल्प डेस्क सुरु गरिएको छ ।

प्रयोगकर्ताले एपकाे अफिसियल माेबाइल नम्बर +९७७-११२२३३४४५५ मा म्यासेज गर्न सक्नेछन् । फाेन गरेर समस्या टिपाउनका लागि भने ११०१ वा ०१-५९७००४६ मा सम्पर्क गर्नुपर्ने बताइएकाे छ ।

सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने गरी नागरिक एप ल्याइएकाे हाे । हाल याे एपबाट स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, मालपाेत, स्वास्थ्य बीमा बाेर्ड, शैक्षिक विवरण, नागरिक लगानी काेष, सञ्चय काेष, सामाजिक सुरक्षा काेष, हेलाे सरकार, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगायतका सेवा प्रदान गरिएकाे छ ।

साथै नागरिक एपमार्फत बैंक खाता खाेल्ने सुविधासमेत ल्याइएकाे छ । त्यस्तै स्थानीय तहको सिफारिस लिने र कर तिर्ने सुविधा, जग्गाकाे राजश्व तिर्ने सुविधा, सवारी साधनकाे राजश्व तिर्ने सुविधा पनि सुरू हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१