काठमाडाैं । डिजिटल युगमा सबैको हात हातमा मोबाइल फोन, ल्यापटप डिभाइस र घर घरमा इन्टरनेट पहुँच छ । तर यसलाई कसरी सुरक्षित प्रयोग गर्ने र यसबाट हुनसक्ने सम्भावित जोखिमका बारेमा सबैलाई जानकारी हुँदैन ।
इन्टरनेटको सुरक्षित प्रयोगबारे सिकाई र अभ्यास नहुँदा यसको सबैभन्दा ठूलो जोखिममा बालबालिका पर्ने गर्छन् । यसैलाई मध्यनजर गर्दै नेपालकाे दूरसञ्चार क्षेत्रकाे नियामक निकाय नेपा दूरसञ्चार प्राधिकरणले अनलाइनमा बाल सुरक्षाका भन्दै केही सुझाव सार्वजनिक गरेकाे छ ।
त्यसैका आधारमा हामी यहाँ तपाईंहरुलाई बालबालिकालाई अनलाइनमा सुरक्षित राख्ने केही उपाए सिकाउँदै छाैं ।
बालवालिकाले अनलाइनमा गर्ने गतिविधि बारे जानकारी राखौ र खुलेर कुरा गरौ, साथै सो बारे कुरा गर्न अभिप्रेरित गरौं।
बालवालिकाले हेर्ने भिडियोहरु (Youtube, Tiktok लगायत), चलाउने सामाजिक संजाल (Facebook आदि), खेल्ने Game हरु र अन्य गतिविधिहरुको बारेमा आफूले समेत जानकारी राखौ।
यदि बालबालिकाले सामाजिक संजालको प्रयोग गर्छन् भने उनीहरुका साथीहरु को को छन्, के के Share गर्छन्, कस्ता कुराकानी गर्छन् सो को बारेमा जानकारी राखौं ।
बालबालिकाले सामाजिक संजालको प्रयोग गर्दा हुन सक्ने सम्भावित अनुचित गतिविधिहरुको बारेमा जानकारी राखौ र नियमित निगरानी गरौं ।
बालबालिकाले मोबाईल वा कम्प्युटर वा ट्याब्लेटमा बिताउने समयलाई सिमित गरौँ । बालबालिकालाई खेलकुद, शारीरिक व्ययाम, ध्यान, योगा, संगीत जस्ता अतिरिक्त क्रियाकलापहरुमा पनि समावेश गराऔं ।
बालवालिकाले नियमित रुपमा चलाउने Online Class आदिको लिंकलाई सहज पहुँचको लागि Bookmark गरी आफ्नो बालबालिकालाई सो को प्रयोग गर्न सिकाऔं ।
बालबालिकाले के हेर्दै/गर्दैछन् भन्ने कुरा निगरानी गर्न उनीहरुले चलाउने कम्प्युटर वा ट्याब्लेट आदिको स्क्रिनलाई सबैले देखिने गरी राखौं ।
बालबालिकालाई आफ्नो युजर आईडी, पासवर्डजस्ता व्यक्तिगत विवरणहरु गोप्य राख्न सिकाऔं ।
बालबालिकालाई अनलाइनमा भेटेको साथीलाई सकेसम्म भौतिक रुपमा भेट्न निरुत्साहित गराैं ।
बालबालिकाले प्रयोग गर्ने कम्प्युटरमा एन्टिभाइरस, एड ब्लक, नेटक्राफ्ट आदि टुलको प्रयोग गरौं ।
अनावश्यक तथा प्रयोग नभएका डिजिटल खाताहरु बन्द गरौं/गर्न लगाऔं ।
आफ्नो इन्टरनेट सेवा, अपरेटिङ सिस्ट र एप्लिकेशनमा रहेको प्यारेन्टल कन्ट्राेल चाइल्ड सेफ्टी फिचर प्रयोग गरौं ।
Freeware, Pirated software/game Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरुको प्रयोग नगर्न सिकाऔं । त्यस्ता असुरक्षित वेभसाइटहरूले पठाउने Pop-Up Window/Banner मा प्रचारको लागि आउने लिंकमा क्लिक नगर्न सिकाऔं ।
कम्प्युटरमा ईमेल/इन्टरनेटको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र Click/open गर्न सिकाऔं । त्यस्ता लिंक तथा Attachmnent शंकास्पद लागेमा नखोल्न सिकाऔं ।
कुनै शंकास्पद गतिविधि र असहज परिस्थिति भएमा आफ्नो अभिभावकलाई जानकारी दिन बालबालिकालाई सिकाउनुहोस् र कुनै गम्भीर विषय भए सम्बन्धित निकायमा उजुरी गरौं ।