close

सेमिकण्डक्टर चिप अभाव हुन नदिन अर्बौं डलर लगानी गर्दै अमेरिका

टेकपाना टेकपाना

जेठ २६, २०७८ १८:३६

सेमिकण्डक्टर चिप अभाव हुन नदिन अर्बौं डलर लगानी गर्दै अमेरिका

काठमाडौं । पछिल्लो समय विश्व बजारमा सेमिकण्डक्टर चिपको अभाव बढ्दै गएको छ । कोभिड–१९ को पहिलो लहरसँग गरिएको लकडाउनसँगै बजारमा चिपको माग ठूलो मात्रामा बढेको छ । उक्त मागलाई धान्न हाल बजारमा उपल्ब्ध कम्पनीहरु असक्षम भइरहेका छन् ।

कुनै समय जसरी पेट्रोलियम पर्दाथलाई सबैभन्दा बहुमूल्य वस्तुको रुपमा लिइन्थ्यो, त्यसरी नै अहिले सेमिकण्डक्टर चिपको महत्व बढ्दै गएको छ । यस्तो अवस्थामा बजारमा सेमिकण्डक्टर चिपको अभाव बढ्दै गएसँगै अमेरिकी सरकारले यसमा देशमै चिप निर्माणका लागि अर्बौ डलर अनुमोदन गरेको हो ।

सयुक्त राज्य अमेरिकाको सदनले मंगलबार विज्ञान तथा प्रविधि विधेयक पारित गरेको छ । जसमा देशमै सेमिकन्डक्टर चिप निर्माणका लागि अर्बाैं डलर छुट्याउने निर्णय समावेश भएको छ । विधेयकमा सेमिकण्डक्टरका साथै आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम कम्प्युटिङजस्ता प्रविधिमा ठूलो लगानी गर्ने उल्लेख गरिएको छ ।

विशेषगरी अमेरिकाले चीनसँगको प्रतिस्पर्धाका लागि यस्तो खालको निर्णय लिएको हो । विस्तारै प्रविधिको दुनियाँमा चीन अमेरिकाभन्दा अघि बढ्दै गएको छ । यस्तोमा आफ्नो अस्तित्वलाई कायम राख्नकै लागि भएपनि अमेरिकाले प्रविधि क्षेत्रमा ठूलो लगानी गर्ने निर्णय गरेको हो ।

यो निर्णय अघिल्लो वर्ष नै भएको भएकाे थियाे । विधेयक पारित भएसँगै अब उक्त निर्णय कार्यान्वयनमा आउने भएको हो । विधेयकले स्वदेशी सेमिकण्डक्टर निर्माणका लागि ५२ अर्ब डलर, नेसनल साइन्स फाउण्डेशनबाट व्यवहारिक विज्ञानमा केन्द्रित हुन नयाँ विज्ञान निर्देशनालयका लागि २९ अर्ब डलर छुट्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१