close

अमेरिकामा टिकटक र वीच्याटमाथि लगाइएको प्रतिबन्ध फुकुवा

टेकपाना टेकपाना

जेठ २७, २०७८ १३:४२

अमेरिकामा टिकटक र वीच्याटमाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटजस्ता चिनियाँ एपमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यी एपकाे डाउनलोडमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

ट्रम्पकाे निर्णयविरुद्ध टिकटक र विच्याटले अमेरिकी अदालतमा मुद्धा दायर गरेका थिए । तर हालसम्म कुनै फैसला आइसकेको छैन् । यस्तो अवस्थामा बाइडेनले ट्रम्पमको निर्णयलाई नै रद्ध गर्दै प्रतिबन्ध खुला गर्ने घाेषणा गरेका हुन् ।

बाइडेनले एपमाथिको प्रतिबन्ध खुला गरेपनि टिकटक, वीच्याटलगायत अन्य विदेशी एपहरुको सुरक्षा मापदण्ड उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरुले बुझाएको सुरक्षा मापण्डका आधारमा आगामी दिनमा आवश्यक निर्णय लिन सकिने जनाइएको छ ।

यसका साथै टिकटकको हकमा उठेका सुरक्षा कमजाेरीबारे सरकार आफैंले पनि अध्ययन गर्ने उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१