close

ओपेरा मिनीमा सुरु भयो च्याट सर्भिस, अब ब्राउजरबाटै च्याट गर्न सकिने

टेकपाना टेकपाना

जेठ २७, २०७८ १६:४८

ओपेरा मिनीमा सुरु भयो च्याट सर्भिस, अब ब्राउजरबाटै च्याट गर्न सकिने

काठमाडौं । चर्चित वेब ब्राउजर ओपेरा मिनीले ‘हाइप’ नामक च्याट सर्भिस सुरु गरेको छ । जुन ओपेरा मिनी मोबाइल ब्राउजरमै उपलब्ध हुनेछ । यसको अर्थ अब ब्राउजरबाटै च्याट गर्न सकिने भएको छ ।

यो सेवा कम्पनीले पहिलो चरणमा दक्षिण अफ्रिका, जाम्बिया, घानामा सुरुवात गरेको छ । ब्राउजरमा च्याट सर्भिको सुरुवात गरेसँगै ओपेराले मोबाइल ब्राउजरको अवधाराणलाई पुनः परिभाषित गर्न सफल भएको छ ।

जसमार्फत प्रयोगतर्काले ब्राउजरमै इंगेज भएर बस्ने वातावरण सिर्जना गरेको हो । योसँगै हाइप मोबाइल ब्राउजरमा आधारित च्याट सर्भिससमेत भएको छ । यसमार्फत प्रयगकर्ताले सहज रुपमा अकाउण्ट क्रियट गरी सुरक्षित रुपमा कुराकानी गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सर्भिस पूर्णरुपमा सुरक्षित रहेको छ । यसमा इन्ड–टु–इन्ड इन्क्रिप्सन सर्भिससमेत रहेको जनाइएको छ । योसँगै प्रयोगकर्ताले एउटै ब्राउजरमा बसेर इन्टनेटमा सर्च गर्ने, साथीभाइसँग सुरक्षित रुपमा कुराकानी गर्न, फाइल शेयर गर्न सक्नेछन् ।

‘इन्टरनेटमा पछिल्लो पुस्ता सामाजिक रुपमा अझ नजिक हुन चाहन्छन,’ कम्पनीले भनेको छ, ‘त्यसैले कम्पनीले प्रयोगकर्तालाई एउटै एपमा धेरै सेवा उपलब्ध गराउने प्रयत्न गरेको हो । यो सेवा विस्तारै अन्य मुलुकका प्रयोगकर्तामाझ पनि उपलब्ध हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१