close

फेसबुक ह्याक गरी रकम असुली गर्ने २ जना पक्राउ

टेकपाना टेकपाना

जेठ २८, २०७८ ८:४७

फेसबुक ह्याक गरी रकम असुली गर्ने २ जना पक्राउ

काठमाडाैं । फेसबुक अकाउन्ट ह्याक गरी रकम असुली गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन् । विभिन्न व्यक्तिकाे अकाउन्ट ह्याक गरी आफन्त र साथीभाइबाट रकम असुल गरकाे उजुरी परेपछि राेल्पा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।

पक्राउ पर्नेमा सुनसरीको दुबही नगरपालिका–५ का २० वर्षका रीतिककुमार कलवार र इटहरी उपमहानगरपालिका–१२ खनारका २४ वर्षका सरनेद्र चौधरी रहेका छन् । उनीहरूलाई दुई साताअघि सुनसरीबाट नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१