close

नेपाली बजारमा आज मि ११ लाइट सार्वजनिक गर्दै साओमी

टेकपाना टेकपाना

जेठ २८, २०७८ ९:५६

नेपाली बजारमा आज मि ११ लाइट सार्वजनिक गर्दै साओमी

काठमाडौं । युवा पुस्ताका लागि लक्षित गर्दै साओमीले ल्याएको मि ११ लाइट आज नेपाली बजारमा सार्वजनिक हुने भएको छ । फोरजी भेरियन्टमा उपलब्ध हुने यो फोनमा क्वालकम स्न्याड्रागन ७३२जी प्राेसेसर छ ।

त्यस्तै फाेनमा ९० हर्जकाे रिफ्रेस रेटसहित ६.५५ इन्चकाे फुल एचडी प्लस एमाेलेड डिस्प्ले छ । ट्रिपल क्यामेरा सेटअप रहेकाे फाेनमा मेन क्यामेरा ६४ मेगापिक्सेल रहेकाे छ ।

यसमा रहेकाे एआई सिनेमा मोडका कारण आकर्षक फोटो र भिडियो लिन सकिन्छ । त्यस्तै फाेनमा १६ मेगापिक्सेलकाे पन्च हाेल सेल्फी क्यामेरा रहेकाे छ ।

त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचकाे ब्याट्री उपलब्ध छ ।

फाेनमा ६ जीबी र्‍याम तथा ६४ जीबी स्टाेरेज, ६ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज र ८ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज गरी तीन भेरियन्ट छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१