close

रिचार्जरमा उपलब्ध भयो बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

टेकपाना टेकपाना

जेठ २८, २०७८ ११:५६

रिचार्जरमा उपलब्ध भयो बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

काठमाडौं । ईकमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ । कोभिडसम्बन्धी सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन ब्यागको बिक्री बितरण सुरु गर्न लागेको हो ।

जेठ २८ गते शुक्रबार अर्थात आज दिउँसो २ बजेदेखि ५ बजेसम्म रिचार्जर एपमा उक्त ब्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपियाँको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्नसक्ने छन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्‍याउन पोर्टेबल अक्सिजनले सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ । एकपटक अक्सिजन सकिएपछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँबाट ब्यागमा फेरि भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पूर्ण भर्न सकिने जनाइएको छ ।

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैंयामा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ । यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपियाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१