close

साओमीको मि ११ लाइट नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ २८, २०७८ १२:१२

साओमीको मि ११ लाइट नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । नेपाली बजारमा मि ११ लाइट स्मार्टफोन भएको छ । साओमी नेपालले शुक्रबार मि ११ सिरिजको मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । यो फोन नेपाली बजारमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा आएको छ, जसको मूल्य ३४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

फोरजी भेरियन्टमा उपलब्ध यो फोनमा क्वालकम स्न्याड्रागन ७३२जी प्रोसेसर छ । त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५५ इन्चको ओलेड डट डिस्प्ले छ । ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा मेन क्यामेरा ६४ मेगापिक्सेल रहेको छ ।

यसमा रहेको एआई सिनेमा मोडका कारण आकर्षक फोटो र भिडियो लिन सकिन्छ । त्यस्तै फोनमा १६ मेगापिक्सेलको पन्च होल सेल्फी क्यामेरा रहेको छ । त्यस्तै ३३ वाट फास्ट चार्जिङसहित ४,५२० एमएएचको ब्याट्री उपलब्ध छ ।

May be an image of phone, screen and text that says 'MI xIaomI Mi 11 Lite #ShowYourStyle ourStyle Featherweight Design Elegant Sleek Vibrant 10-bit OLED Dot Display Smooth 90Hz Experience High-Resolution 64MP triple Camera Capture every vivid Detail xiaomi Qualcomm Snapdragon 732 Power and efficiency, perfectly balanced Rs. 34,999 6GB 128GB Available Soon on Authorised Retail Stores Available in'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१