close

प्रभु पे वालेटमा बैंक खाता लिंक गरी यसरी गर्नुहोस् कारोबार

टेकपाना टेकपाना

जेठ २८, २०७८ १६:१४

प्रभु पे वालेटमा बैंक खाता लिंक गरी यसरी गर्नुहोस् कारोबार

काठमाडौं । मोबाइल वालेट पछिल्लो समय डिजिटल कारोबारको उपयुक्त माध्यम बन्दै गएका छन् । कुनै समय मोबाइलबाट पठाएको रकम सम्बन्धित व्यक्तिले पाउने हो कि होइन भनेर संकोच मान्नुपर्ने अवस्था थियाे । तर अहिले डिजिटल काराेबारमा विश्वास बढ्दै छ र यसले नयाँ उचाइ लिइरहेकाे छ ।

छाेटाे समयमा यति धेरै परिवर्तन देखापर्नुका पछाडि कोभिड–१९ महामारी र यसले सिर्जना गरेकाे अवसर नै हाे । सामाजिक दूरी कायम गर्नुपर्ने, घरमै बस्नुपर्ने अवस्थाका कारण बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सम्पर्क हुन सकेको छैन । पसलहरु खुलेका छैनन् । अर्कोतर्फ नगद काराेबार गर्दा काेराेनाकाे जोखिम हुने चिन्ता छ ।

यिनै कारण डिजिटल कारोबारमा मानिसहरूको आकर्षित भइरहेका छन् । डिजिटल भुक्तानीको क्षेत्रमा क्रियाशील व्यवसायीहरू कोभिड–१९ का कारण डिजिटल कारोबारमा नेपालले अबको १० वर्षमा हासिल गर्ने सफलता यो दुई वर्षको अवधिमा हात पारिसकेको बताउँछन् ।

तर, यसको अर्थ कोभिड–१९ मात्रै यो सफलताको पछाडिको एकमात्रै राज भने होइन । किनभने कोभिडले ल्याएको अवसरलाई यदि मोबाइल वालेट सेवाप्रदायक, बैंक तथा वित्तीय संस्थाहरुले आत्मासाथ गर्न नसकेको भए पक्कै पनि प्रतिफल आउने थिएन । कोभिड सुरु भएसँगै विभिन्न सेवाप्रदायकले आफ्नो सेवामा उल्लेख परिवर्तन ल्याएका छन् । जसमध्ये एउटा महत्वपूर्ण फिचर ‘बैंक लिंक’ पनि हो ।

वालेटलाई सोझै आफ्नो बैंक खातासँग लिंक गरी त्यहीँबाट कारोबार गर्न सकिने यो फिचरले प्रयोगकर्तालाई वालेटमा पैसा ट्रान्सफर गरिराख्नु पर्ने झन्झटको अन्त्य गरिदएको छ । भने, वालेटमै पैसा लोड गर्नुपर्दा पनि पहिलेभन्दा धेरै नै सहज भएको छ ।

प्रभु पेका प्रोजेक्ट म्यानेजर जेनिश महर्जनले यो सुविधासँगै ग्राहकलाई रकम लोड गर्न थप सहज हुने बताउँछन् । उनले भने, ‘प्रभुपे जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ । त्यसैअनुसार यो सेवाको सुरुवात गरिएको हो ।’

उनका अनुसार हालसम्म प्रभु पेमा मेगा बैंक, एनआईसी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, नेपाल बैंक यो सेवामा जोडि सकेको छन् । भने थप ८ बैंकसँग सम्झौता भइसकेकाले अबको केही समय पश्चात सिस्टममा जोडिने छन् । त्योसँगै १४ बैंकका खातावालले आफ्नो प्रभु पे अकाउण्ट बैंक खातमा लिंक गराई सहज रुपमा कारोबार गर्न सक्नेछन् ।

प्रभु पेमा बैंक लिंक कसरी गर्ने ?

बैंक लिंक प्रक्रिया सुरु गर्नुअघि प्रयोगकर्ताले केही समान्य जनकारी भने लिन जुरुरी छ । जस्तो कि अकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि तपाईंको प्रभु पे अकाउन्ट भेरिफाई (प्रमाणित) भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि प्रभु पे प्रयोगकर्ताले अकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवासमेत लिएको हुनुपर्नेछ ।

यति मात्र होइन, प्रभु पेमा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । भने दुवैमा तपाईंले राख्ने भएको नाम पनि मिल्न जरुरी छ । यदि प्रभु पेमा भएको नम्बर र नाम बैंकमा रहेको मोबाइल नम्बर र नामसँग नमिले खण्डमा बैंक लिंक हुने छैन । त्यसैले माथि उल्लेखित कुरा भने ध्यान दिन जरुरी छ ।

यदि सबै कुरा मिलेको खण्डमा अब तपाईंले बैंक लिंक प्रक्रिया सुरु गर्न सक्नुहुनेछ । त्यसका लागि यहाँ हामी तपाईंलाई प्रक्रियागत रुपमा सिकाउँदै छौं ।

  • बैंक खातामा प्रभु पे लिंक गर्नका लागि सर्वप्रथम प्रभु पेको होमपेजमा जानुहोस् । त्यहाँ बाँया साइडको सबैभन्दा माथि तपाईंले ‘लोड फण्ड’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।
  • अब त्यहाँभित्र मोबाइल बैंकिङ, ई–बैकिङ जस्ता विभिन्न विकल्प देखापर्नेछ । त्यमध्ये सबैभन्दा तल रहेको ‘लिंक बैंक अकाउण्ट’ मा क्लिक गर्नुहोस् ।
  • ‘लिंक बैंक अकाउण्ट’ क्लिक गरेसँगै त्यहाँ भित्र यदि तपाईंले यसअघि नै बैंक लिंक गर्नु भएको खण्डमा लिंक भएको बैंकको सुची देखाउने छ । यदि छैन भने तल पून रातो बक्समा ‘लिकंक बैंक अकाउण्ट’ भन्ने अप्सन देख्नुहुनेछ ।
  • अब उक्त अप्सनमा क्लिक गर्दा त्यहाँ तपाईंले विभिन्न बैंक नाम देख्नुहुनेछ । जहाँ हालसम्म ६ मात्रै बैंक रहेका छन् । भने विस्तारै त्यसमा थप बैंक थपिँदै जानेछन् । उल्लेखित ६ बैंक कध्य तपाईंको कुनै बैंकमा खाता रहेको छ । अथवा प्रभु पेमा कुन बैंकको अकाउण्ट लिंक गर्न खोज्नुभएको हो छनोट गर्नुहोस् ।
  • अब त्यहाँ बैंक अकाउण्ट नम्बर, तपाईंको पुरा नाम र अन्त्यमा जन्म मिति हाली तल रहेको ‘नेक्सट्’ बटनमा क्लिक गर्नुहोस् ।
  • ‘नेक्सट्’ बटनमा क्लिक गरेसँगै तपाईंको मोबाइल नम्बरमा ६ अंकको ‘ओटीपी’ कोडयुक्त म्यासेज प्राप्त हुनेछ । उक्त ६ अंकको ओटीपी कोड हाली तल रहेको ‘सब्मिट’ अप्सनमा क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै तपाईंको प्रभु पे वालेटमा बैंक खाता लिंक हुनेछ । बैंक खाता लिंक गरेपछि प्रभु पे खातामा रकम लोड गर्न प्रभु पे लगइन गरी लोड फण्डमा अप्सनमा जानुहोस् । त्यसको सबैभन्दा तल रहेको ‘लिंक बैंक अकाउण्ट’ मा क्लिक गरी त्यहाँ आफूले लिंक गरेको बैंकमा क्लिक गरी सहज रुपमा आफूलाई आवश्यक पर्ने रकम लोड गर्न सक्नुहुनेछ ।

यसमार्फत इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानीका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१