close

मोबाइल एपबाटै कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्न सकिने

टेकपाना टेकपाना

जेठ २८, २०७८ १९:५

मोबाइल एपबाटै कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्न सकिने

काठमाडाैं । एसईई दिएर बसेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि टुल नेपाल नामक माेबाइल एप सञ्चालनमा आएको छ । टेक्नेका टेक्नोलोजिज प्रालिले ल्याएकाे याे एप निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ ।

यो एपमा विद्यार्थीले लगइन गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए. आदि) अन्तर्गतका विभिन्न विषयहरूमा १० हजारभन्दा बढी वस्तुगत बहुवैकल्पिक प्रश्नहरु (एम.सी.क्यू.) को अभ्यास गरी तयारी गर्न सक्नेछन् ।

प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएको हुनाले विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुने कम्पनीले बताएकाे छ ।

पुराना वर्षहरुका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिकरुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीका साथै विभिन्न कलेजहरुको विस्तृत विवरणले यो एपलाई अझ प्रभावकारी बनाएको छ ।

कम्पनीका अनुसार कलेजहरुले चाहेको खण्डमा यसै एपमार्फत प्रवेश परीक्षा सञ्चालन र विभिन्न सूचनाहरु प्रकाशित गर्नसमेत सक्ने सुविधा यसैमा मिलाइएकोले यो बहुउपयोगी छ ।

विद्यमान कोरोना कहरका बीच विद्यार्थीहरुले यो एपका माध्यमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षितरुपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वास गर्न सकिन्छ ।

लामो अनुसन्धान एवं अथक युवा प्रयासबाट सञ्चालनमा आएको यो उपयोगी मोबाइल एप हाल एन्ड्रोइड र वेब भर्जनमा उपलब्ध रहेको र छिट्टै आइओएसमा पनि उपलब्ध हुने यस कम्पनीका सञ्चालक प्रवेग शर्माले जानाकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१