close

७ महिनामा भारतमा थपिए एप्पलका २० हजार कर्मचारी

टेकपाना टेकपाना

जेठ २९, २०७८ ९:४९

७ महिनामा भारतमा थपिए एप्पलका २० हजार कर्मचारी

काठमाडौं । पछिल्लो समय एप्पलले भारतमा प्रडक्ट एसेम्बेलका साथै उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । केही आईफोन मोडलसमेत भारतमै एसेम्बल गर्न थालेपछि एप्पलका भेन्डरहरूले थप राेजगारीकाे अवसर सिर्जना गरिरहेका छन् । डिजिटाइम्सले हालै प्रकाशित गरेकाे एक रिपोर्टअनुसार एप्पलको सप्लाई चेन पार्टनरहरुले भारतमा ७ महिनामा २० हजारकाे हारहारीमा रोजगारी सिर्जना गरेका छन् ।

हाल भारतमा फक्सकन, विस्ट्रन, पेगाट्राेन लगायतका ठूला म्यानुफ्याक्चरिङ पार्टनर रहेका छन् । २०२० काे अगस्टदेखि विस्ट्रन र फक्सकनले मात्रै समान ७५०० राेजगारी सिर्जना गरेका छन् । अरू सप्लाइ चेन पार्टनरले समेत करिब ५ हजार राेजगारी सिर्जना गरेका छन् ।

एप्पलले २०१७ देखि आईफोन एसेम्बल गर्न सुरू गरेको थियो । म्यानुफ्याक्चर पार्टनर विस्ट्रनले आईफोन एसइसँगै बैंंगलोरबाट एसेम्बल सुरू गरेको थियो । यसपछि आईफोन सिक्स एस, आईफोन सेभेन, आईफोन एक्स आर, आईफोन इलाभेन लगायतका उपकरणको एसेम्बल भएको थियो ।

एप्पल इन्साइडरका अनुसार एप्पलका उपकरणको माग बढ्दै गएपछि यसको उत्पादनको लागि कर्मचारीको संख्या थप गर्नुपर्ने भएकाले भारतका एप्पल आपूर्तिकर्ताहरुले सन् २०२२ को मार्चसम्ममा रोजगारी बढाउने प्रतिबद्धता जनाएका हुन् । एप्पलले आफ्नो स्टोर भारतमा खोल्न सफल भएपछि त्यहाँको स्थानीय रोजगार अवसर अझ बढी सिर्जना गर्ने अपेक्षा छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१