close

एन्ड्रोइड टिभीमा युट्युव डाउनलोड गर्नेको संख्या दोब्बरले वृद्धि

टेकपाना टेकपाना

जेठ २९, २०७८ १५:५२

एन्ड्रोइड टिभीमा युट्युव डाउनलोड गर्नेको संख्या दोब्बरले वृद्धि

काठमाडौं । एन्ड्रोइड टिभी गुगल एउटा सानो परियोजनाकाे रुपमा सुरू गरिएकाे थियाे । कम्पनी स्वयमले यस व्यवसायबाट उल्लेख्य आम्दानी गर्ने अपेक्षा गरेकाे थिएन । तर, पछिल्लो सयम एन्ड्राेइड टिभी प्रयाेगकर्ता बढिरहँदा कम्पनीले याे परियोजनालाई नयाँ स्वरूपले अगाडि बढाउनुपर्ने बाध्यता आइपरेको छ ।

यसको कारण हो, एन्ड्रोइड टिभीमा युटयुवको बढ्दो प्रयोग । कम्पनीका अनुसार एन्ड्रोइड टिभीमा युट्युव प्रयोगकर्ताको संख्या १० करोड नाघेको छ । एक वर्ष अघिसम्म पनि एन्ड्रोइड टिभिममा युट्युव डाउनलोड गर्नेको संख्या ५ करोडको हाराहारीमा थियो । जुन एक वर्षको अवधिमा दोब्बरले वृद्धि भएको छ ।

यसले एन्ड्रोइड टिभीको भविष्य कतातिर गइरहेको छ भन्ने कुरा पनि निर्धारण गरिदिएको छ । यसले अब एन्ड्रोइड टिभीको हार्डवेयरमा पनि सोच्नुपर्ने अवस्था देखापरेको छ । किनभने हालसम्म धेरै कम्पनीले एन्ड्रोइड टिभी उपलब्ध गराउँदै आएको भएपनि एन्ड्रोइड टिभीको मूल्य उच्च रहेको छ ।

यस्तोमा प्रयोगकर्तालाई आकर्षण गर्नुपर्ने बाध्यता गुगललाई छ । गुगलले पनि गत वर्षबाट एन्ड्रोइड टिभीको हार्डवेयरमा काम अघि बढाएको छ, जुन अबको केही समयपछि तयार भएर बजारमा उपलब्ध हुनसक्ने जनाइएको छ । त्यो भएको खण्डमा एन्ड्रोइड टिभीको प्रयोगमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१