close

अप्टिकल फाइबरमार्फत तोसिबाले निर्माण गर्‍यो ह्याक गर्न नसकिने क्वान्टम नेटवर्क

टेकपाना टेकपाना

जेठ २९, २०७८ ११:४४

अप्टिकल फाइबरमार्फत तोसिबाले निर्माण गर्‍यो ह्याक गर्न नसकिने क्वान्टम नेटवर्क

काठमाडौं । तोसिबा कम्पनीका अनुसन्धानकर्ताले ६०० किलोमिटर लामो फाइबर नेटवर्कमार्फत क्वान्टम इन्फर्मेसन पठाउन सफल भएका छन् । उनीहरुले यसअघिको आफ्नै उपलब्धिलाई पछि पार्दै यो रेकर्ड हासिल गरेका हुन् ।

योसँगै अब एउटा सहरबाट अर्को सहर तथा एक देशबाट अर्को देशमा फाइबर नेटवर्कमार्फत सुरक्षित रुपमा जानकारी आदान-प्रदान गर्न सकिने देखिएको छ ।

कम्पनीको यूकेमा रहेको अनुसन्धान ल्याबमार्फत उनीहरुले यो सफलता हात पारेका हुन् । योसँगै अब हजाराैं किलोमिटरसम्म पनि फाइबरमार्फत इन्कोडेड क्वान्टम डेटा सुरक्षित रुपमा आदान-प्रदान गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन् ।

उनीहरुका अनुसार यसरी पठाइएको डेटा ह्याक गर्नसमेत सकिने छैन । यसले नयाँ युगको क्वान्टम इन्टरनेट निर्माणका लागि ठूलो योगदान पुग्ने उल्लेख गरिएको छ । अनुसन्धानकर्ताले यो प्रविधि चाँडै विश्वव्यापी रुपमा फैलिँदै जाने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१