close

कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन हुने

टेकपाना टेकपाना

जेठ २९, २०७८ १७:५७

कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन हुने

काठमाडौं । कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ ।

कर्णाली प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले शनिबार प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना गरी आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने उल्लेख छ ।

कर्णाली प्रदेशलगायत हिमालय क्षेत्रका कृषि, वन, जडीबुटी, उर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनहरुसँग सम्बन्धित विषयको एकीकृतरुपमा अध्ययन, अध्यापन र अनुसन्धान गर्न पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न लागिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१