close

कर्णाली प्रदेशले एकीकृत एपबाट सरकारी सेवा उपलब्ध गराउने

टेकपाना टेकपाना

जेठ २९, २०७८ १९:२९

कर्णाली प्रदेशले एकीकृत एपबाट सरकारी सेवा उपलब्ध गराउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले विद्युतीय शासन प्रणालीको प्रयोगलाई प्राथमिकता दिँदै सेवा प्रवाह, सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापकीय कार्य गर्ने योजना ल्याएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शनिबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधिलाई सरकारी सेवामा जाेड्ने गरी कार्यक्रम ल्याइने जनाए ।

यसका लागि प्रदेश सरकारले एकीकृत एप निर्माण गर्ने भएकाे छ । ‘प्रदेशको एकीकृत एप्लिकेशन निर्माण गरी प्रदेश सरकारी सूचना तथा सेवा विद्युतीय माध्यमबाट प्रवाह गरिनेछ,’ साे नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै अध्ययन अनुसन्धान तथा तथ्यमा आधारित नीति, कार्यक्रम तथा योजना छनौट एवम् निर्माण गर्न आवश्यक पर्ने आधारभूत तथ्याङ्क सङ्कलन, प्रशोधन, भण्डारण र उपयोगका लागि समुचित व्यवस्था गर्ने र योजना छनौट प्रणालीमा आमूल परिवर्तन गर्न सूचना प्रविधिको उपयोग गर्ने याेजना ल्याइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१