close

नेपाल टेलिकमको मोबाइल डेटा र एफटीटीएच सेवामा समस्या

टेकपाना टेकपाना

जेठ ३०, २०७८ ११:४८

नेपाल टेलिकमको मोबाइल डेटा र एफटीटीएच सेवामा समस्या

काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट नेटवर्कमा समस्या आएको छ । आइतबार बिहान साढे ११ बजेको समयमा उपत्यकाभित्रको फोरजी तथा थ्रीजी र एफटीटीएचमा समस्या देखिएको हो ।

स्युचाटार भएर उपत्यका ल्याइएको फाइबर नेटवर्कमा समस्या आउँदा उपत्यकाको इन्टरनेट सेवा प्रभावित भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए ।

टेलिकमले बुटवल, पोखरा हुँदै स्युचाटार भएर अन्तर्राष्ट्रिय ब्याण्डविथ काठमाडौं भित्र्याएको छ । त्यस्तै वैकल्पिक रुपमा हेटौंडाबाट समेत इन्टरनेट ब्याण्डविथ उपत्यका आउने गरेको छ ।

स्युचाटार तर्फको नेटवर्कमा समस्या आएपछि हेटौंडातर्फको वैकल्पिक नेटवर्कबाट सेवा सुचारु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए । ‘कहाँ के समस्या आएको हो हामीले त्यसको समाधानमा काम अगाडि बढाइसकेका छौं,’ अधिकारीले भने ।

यसैबीच टेलिकमकाे माेबाइल डेटा र एफटीटएच सेवा पुनः सुचारू भएकाे छ ।*

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१