close

एरिक्सन मैदानमा लड्दा कान्तिपुर टेलिभिजनको ‘फेक न्युज’, सामाजिक सञ्जालमा चरम आक्रोश

टेकपाना टेकपाना

जेठ ३०, २०७८ १४:३०

एरिक्सन मैदानमा लड्दा कान्तिपुर टेलिभिजनको ‘फेक न्युज’, सामाजिक सञ्जालमा चरम आक्रोश

काठमाडौं । यूराे कप फुटबलअन्तर्गत शनिबार कोपनहेगनमा डेनमार्क र फिनल्यान्डबीचकाे खेल चलिरहँदा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर ढले । लगत्तै विश्वभरका फुटबल पारखीहरूमा सन्नाटा छायाे । सबैले उनकाे स्वास्थ्यकाे कामना गरिरहेका थिए ।

त्यहीबेला नेपालको कान्तिपुर टेलिभिजनले भने आफ्ना सामाजिक सञ्जालमा ‘ब्रेकिङ न्युज’ दियो – ‘युरो कपको खेल चल्दै घाइते भएका डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सको मृत्यु, खेल स्थगित ।’

यो पाेस्ट नेपालका साेसल मिडियामा एकैछिनमा भाइरल बन्यो । धेरैले शेयर गरे । तर केही समयमै थाहा भयो कान्तिपुर टिभीकाे याे पाेस्ट फेक रहेछ । कान्तिपुरले पनि लगत्तै पोस्ट हटायो र क्षमा माग्याे ।

यसपछि सामाजिक सञ्जालमा कान्तिपुर टिभीप्रति आक्रोश पोख्दै धेरैले पोस्ट गरिरहेका छन् । धेरैले कान्तिपुरजस्तो प्रतिष्ठित र मूलधारको मिडियाले अध्ययन नै नगरी खबर प्रवाह गर्दा दुःख लागेकाे प्रतिक्रिया दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१