close

चर्चित फास्ट फुड कम्पनी मिकडोनाल्ड्समा साइबर हमला

टेकपाना टेकपाना

जेठ ३०, २०७८ २०:५२

चर्चित फास्ट फुड कम्पनी मिकडोनाल्ड्समा साइबर हमला

काठमाडौं । पछिल्लो समय विश्वका चर्चित कम्पनीहरुले साइबर हमला घटना बेहोरिरहेका छन् । हालै चर्चित फास्ट फुड कम्पनी म्याकडोनाल्ड पनि आक्रमणकारीको निशानामा परेको छ ।

यसअन्तर्गत संयुक्त राज्य अमेरिकाका बिजनेश इन्फर्मेशनका साथै दक्षिण कोरिया र ताइवानमा रहेका कम्पनीका ग्राहकहरुको डेटा ब्रिच भएको हाे ।

मिकडोनाल्ड्स विश्वको सबैभन्दा ठूलो बर्गर चेन हो । ब्रिच भएको डेटामा ईमेल, डेलिभरी एड्रेस र फोन नम्बर समावेश छन् । कम्पनीले भुक्तानी विवरण भने लिक नभएको बताएको छ । कम्पनीका प्रवक्ताले ब्रिच भएका फाइलहरूमा समावेश भएका नियामक र ग्राहकलाई सूचित गरिएकाे बताएका छन् ।

द स्ट्रीट जर्नलमा पहिलो पटक यो घटनाकाे रिपोर्ट सार्वजनिक भएकाे थियो, जसमा कम्पनीको नेटवर्कमा अनधिकृत पहुँच राखी ग्राहकहरूकाे डेटा लिक भएकाे उल्लेख छ ।

समाचारअनुसार कम्पनीले साइबर सुरक्षामा पर्याप्त लगानी भएको भन्दै यसलाई छिटो पहिचान गरिएको जनाएको छ।

‘यी सेक्युरिटी टुलहरूले हाम्रो नेटवर्कमा भएकाे अनाधिकृत गतिविधि पहिचान गर्न चाँडाे सहयाेग गर्‍याे । यसबारे हामीले छानबिन सकेका छाैं र थप अनुसन्धानका लागि तेस्रो पक्षकाे सहयाेग लिएका छौं,’ कम्पनीले भनेकाे छ ।

मिकडोनाल्ड्सले सञ्चालन गरेका रेस्टुरेन्टहरू भने ह्याकिङबाट प्रभावित नभएकाे जनाइएकाे छ

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१