close

ई-कमर्सको सेवा सुचारु, बेलुका ७ बजेसम्म होम डेलिभरी गर्न पाउने

टेकपाना टेकपाना

जेठ ३०, २०७८ २१:१२

ई-कमर्सको सेवा सुचारु, बेलुका ७ बजेसम्म होम डेलिभरी गर्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । तर असार ७ गतेसम्म थपिएको निषेधाज्ञालाई केही खुकुलो भने बनाइएको छ ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्ष निकाल्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा अवधि लम्ब्याएको हो । संक्रमण दर कम हुँदै गएकाले केही खुकुलो पारिएको निषेधाज्ञामा अब अनलाइन तथा टेक अवे सेवा र होम डेलिभरी सेवा शिहानदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ ।

निषेधाज्ञाका क्रममा बन्द रहेको ईकमर्सको डेलिभरी सेवा नरोक्न भन्दै अदालतले सरकारको नाममा आदेश दिएको थियो । त्यस्तै तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जस अनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ ।

प्रिन्टिङ प्रेस बिहान ११ बजेसम्म खुल्ला हुनेछन् भने छड, सिमेन्ट, बिजुलीका सामानका पसल दिउँसो ४ बजेपछि मात्रै खोल्न पाइनेछ । स्वास्थ्य मापदण्डको परिपालना गरी कृषि कार्य गर्न सक्ने र सो कार्यका लागि मल, बीउ बिजन, कृषि औजारका सामग्रीहरुको ढुवानी सहज बनाइएको छ । निर्माण सामग्रीको ढुवानी राति ९ बजेदेखि बिहान ११ बजेसम्म गर्न पाइनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१